गण्डकी प्रदेशका १ सहित थप ३० जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौ । नेपालमा गण्डकी प्रदेशका १ सहित थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार बिहान ८ वर्षदेखि ७४ वर्ष उमेर समुहका  थप ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता  डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका अनुसार गण्डकी प्रदेश अन्तर्गत  नवलपरासी (पूर्व) काे विनय त्रिवेणी गाउँपालिका ६ का ४५ वर्पीय पुरुषमा काेराेना संक्रमण पुष्टि भएकाे हो  । यस  सँगै गण्डकी प्रदेशका  ५ जनालाई काेराना संक्रमण पुष्टि भएकाे छ । गण्डकी प्रदेशको लमजुङ घर भएका बालकको काठमाडाै‌मा र नवल‍पुरकी १ महिलामाकाे भरतपुरमा उपचार भइरहेकाे छ ।  प्रदेशको बागलुङ जिल्लाका  २ जना भने  निकाे भएर घर फर्किसकेका छन् ।

शुक्रबार बिहान भेटिएका अन्य संक्रमत  मध्ये १५ जना सर्लाहीका , चितवनको भरतपुर महानगरपालिका-६ मा  ७४ वर्षीय पुरूष र ७३ वर्षीया महिला ,कपिलवस्तुका ९ र नवलपरासी सुस्ताका ३ जना रहेको मन्त्रालयले जनाएको छ । उ

योसँगै देशभर कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ। नेपालमा कोरोना संक्रमणबाट अहिेलेसम्म ३  जनाको मृत्यु भएको छ।

आजै बाँकेका पहिलो कोरोना संक्र्मितसहित २१ जना निको भएर घर फर्किने तयारी गरिरहेका  छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button