नेपालमा थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

नेपालमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

१८ देखि ६१ बर्ष समुहका २० जनामा पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कैलालीका ३  जना  पुरुष र डढेलधुराका १  जना पुरुष, बैतडीका  १ जना पुरुष, बाँकेका १४ जना पुरुष र मोरङका १ पुरुषमा   कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता बिकास देबकोटाले जानकारी दिए ।

यस सँगै नेपालमा संक्रमितको संख्या ५  सय ०७ पुगेको छ। संक्रमित मध्ये ७०  जना निको भएर घर फर्किसकेका छन्। हाल सम्म नेपालका ४० जिल्लामा कोरोना सक्रमण देखा परेको छ ।

कोरोना संक्रमणबाट नेपालमा हालसम्म ३ जनाको मृत्यु भइसकेको छ।

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button