यसकारण ६० प्रतिशत नेपाली कोरोना संक्रमित हुनैपर्छ

“संसारलाई कोरोना मुक्त गराउने सबै भन्दा उत्तम उपाय भनेको आधा भन्दा धेरै बढी मानिसमा कोरोना सारौ” यो स्टेटमेण्ट अमेरिकाको प्रिंस्टन युनिभर्सिटी र दिल्लीको एक संस्थाका अनुसन्धानकर्ताको अनुसन्धानबाट आएको परिणामको सुझाव हो ।

साधारण मस्तिष्क तथा खुला आँखाले अनि अहिले संसार कोरोनाकोपछि लागेको देख्दा यस्तो सुझाव बडो भद्दा मजाक लाग्न सक्छ ।यस्तो बिचार राख्ने मानिसलाई कुनै बौलाहाको संज्ञा पनि दिन सक्नुहुन्छ तर यो सत्य हो । विश्लेषण अन्तिम सम्म खाली मस्तिष्कले पढनुहोला ।

महामारीको बिज्ञानमा यस प्रकारको तरीकालाई हर्ड इम्युनिटी या झूण्ड प्रतिरक्षण भन्ने गरिन्छ । यस सिद्धान्त अनुसार यदि कुनै समूहमा भ्याक्सिन वा कुनै अन्य तरीका अपनाएर अधिक भन्दा अधिक मानिसलाई बिमारी गराइन्छ भने कहि समय पछि नै संक्रमण आफै हराउँछ । कोरोना भाइरसको कुनै औषधि वा भ्याक्सिन नबनिसकेको अवस्थामा यो प्रयोग उचित छ ।

आउँदो ३ वा ४ महिनामा नेपालका ७० प्रतिशत मानिसमा कोरोना संक्रमण फैलिन दिनेहो भने अवस्था यस्तो आउने छ कि, त्यसपछि कसैमा पनि कोरोना संक्रमण हुनेछैन । अनुसन्धानकर्ताका अनुसार नेपालका ९३ प्रतिशत मानिस ६५ बर्ष भन्दा कम उमेरका छन् । अहिलेसम्मको डाटा हेर्दा ५० बर्ष भन्दा साना उमेरका केहि मानिसमा मात्र कोरोना संक्रमण भएको छ । संक्रमित भएकाहरु  केहिदिनमा निको पनि भएको छ । बाँकी गम्भीर बिरामीलाई अस्पतालमा उपचार गर्न सकिन्छ । यसबाट न त लकडाउन गर्नुपर्छ, न कुनै कार्यालय बन्दै गर्नुपर्छ, न त कसैको जागिर जान्छ, न त देशको अर्थ व्यवस्थामा नै कुनै असर पर्छ ।

यस प्रणालीबाट नेपालमा कति असर हुन्छ भन्ने कुरा जाँच्नु भन्दा पहिला हर्ड इम्युनिटी अनि समूह प्रतिरक्षण के हो र यसले कसरी रोगबाट मुक्ति दिलाउँछ त्यो बुझौं । हामीले बुझेकै कुरा कि, जव कोरोना भाइरस कोहि स्वस्थ्य मानिसमा प्रवेश गर्छ तव उसले आफूलाई लाखौं गुना गराउन थाल्दछ । त्यस मानिसभित्रको रोग प्रतिरोध क्षमता भएका कोषिकाहरु भाइरससँग  लड्न थाल्दछन् र केहि दिनमा भाइरसलाई नष्ट पनि गरिदिन्छन् । यसै बीच त्यस मानिसमा रहेका भाइरस उसको शरिरबाट निस्कन्छन् र अरु मानिसमा सर्छन् अनि संक्रमित गरिदिन्छन् । बैज्ञानिक अनुसन्धान अनुसार एक मानिसबाट एक वा तीन जना सम्ममा यो संक्रमण सर्न सक्छ । यसै तरीकाले नै यो संक्रमण निकै द्रुत गतिमा सर्न सक्छ ।

अहिले नेपाल सरकारले पनि यहि संक्रमणको डरले संक्रमित मानिसलाई कोहि स्वस्थ्य मानिससँग भेट नहोस भनेर टाढा राखेको छ ता कि कोहि नयाँ शिकार भाइरसले पाउने छैन र भाइरस आफै निर्मुल भएर जान्छ । परीणाम स्वरुप देशको ठूलो जनसंख्या संक्रमणबाट जोगिनेछ । अहिले यहि तरीका लागु छ, तर अर्को पट्टी हाम्रो अर्थ व्यवस्थामा निकै ठूलो खाडल परिसकेको छ । कैयौं फ्याक्ट्रि बन्द छन्, दुकान बन्द छन्, कैयौंको जागिर छुटिसक्यो, मानिस भोकै मर्दैछन् । यस बर्षको बिकास दर शुन्य हुने सम्भावना छ ।

यसकारण अनुसन्धानकर्ताले हर्ड इम्युनिटीको बाटो लिन सल्लाह दिएका छन् । उनीहरुका अनुसार, नेपाल जस्तो सिमीत स्रोत साधन अनि कम बिकसित मुलुकमा यस प्रकारको बन्दाबन्दीले देशको अर्थ ब्यवस्था थेग्न सक्दैन । यस कारण समूह प्रतिरक्षा प्रणालीको रणनीती अपनाउनु पर्ने हुन्छ । जसले काम पनि रोकिदैन अनि केहि समयमा भाइरस पनि समाप्त हुनेछ ।

हर्ड इम्युनिटीको रणनीति :

यसमा विशेषत : जवान मानिस मात्र बाहिर निस्कने । बृद्ध अनि अति साना बालबालिकालाई घरमै आराममा राख्ने । बहिर निस्कने समूहका मानिसलाई सबै काम गर्न छुन हुन्छ । कोइ संक्रमित मानिसले अन्यलाई संक्रमित गराइहाल्छ भने पनि केहि चिन्ता गर्नुपर्दैन ।

केहि दिन रुघा खोकीबाट ग्रसित भएर निको पनि हुन्छन् वा कैयौंमा त यसको कुनै लक्षण पनि देखिदैन जस्तो अहिलेको अवश्थामा ७०/८०  प्रतिशत संक्रमित मानिसमा कुनै लक्षण देखिएकै छैन ।

यसरी नेपालमा ६० प्रतिशत मानिस कहिले न कहिले कोरोनाबाट संक्रमित हुनेछन् र सबै निको हुदै जानेछन् । अनि तीनै प्रतिशत मानिसले कोरोना अन्यमा सर्नबाट रोक्नेछन् ।
यसप्रकार कसरी संक्रमितले यो बीमारीलाई अन्यमा सर्न बाट रोक्नेछन् भन्ने जान्न तलको ब्लूम्बर्ग को रिपोर्टको चित्रबाट बुझन सकिन्छ ।

भाइरस संक्रमणका तीन चरणहरु हुनेछन् । पहिलो चरण त्यस बेलाको अवश्था जब कोहि पनि मानिसमा प्रतिरोध क्षमता हुदैन यस चित्रमा पहेंलो रंगका षटकोणहरु संक्रमण सम्भावित मानिस हुन् भने दोश्रो चरणको चित्र त्यस बेलाको हो जव भ्याक्सिन वा संक्रमणले नै मानिसमा प्रतिरक्षा क्षमतामा बृद्धि भएको हुन्छ । यस अवस्थामा धर्का कोरिएको षट्कोण, संक्रमण भएर पनि निको भएकाहरु अनि तेस्रो चरणमा सबै मानिसमा इम्युनिटी क्षमता बढेर अव कसैमा भाइरस सर्दैन र आफै हराएर जानेछ यसमा देखाइएका चित्रमा धर्का कोरिएको षट्कोण अव संक्रमण नहुने मानिसहरु हुन् । पहिलो चरणमा एक जना मात्र संक्रमीत जसले सबैलाई सारेका थिए । यसरी बुुझ्न सकिन्छ तीन चरणमा कसरी कोरोना मुक्त  हुनसक्छ संसार ।

यदि यो माथीको चित्रबाट मात्रै बुझ्न सकिएन भने अर्को तरिकाले बुझौं ।

मानौं कुनै मैदानमा केहि सुख्खा खाल्डाहरु (मानिस) छन् । ती खाल्डाहरु मध्ये कुनैमा यस्तो रवरको बल (कोरोना भाइरस) आउँछ कि खाल्डोमा पर्ने बित्तिकै दुइवटा हुन्छ र अरु नै खाल्डोमा जान्छ । यसरी गुणात्मक तरीकाले बल फैलिन्छ । यसरी १ बाट २ बाट ४ बाट ८ बाट १६ बाट ३२ बाट ६४ बाट १२८ यसरी हजारौं अनि लाखौं संख्यामा बल बढ्दै जान सक्छ ।

तर यसरी फैलिने क्रममा के बल नयाँ खाल्डोमा मात्रै खस्ला त ? होइन यो त पुरानो खाल्डोमा (संक्रमित मानिसमा) पनि खस्न सक्छ । यो उदाहरण यसकारण पनि महत्वपूर्ण छ कि, बलको जस्तै खाल्डो पनि पानीले (प्रतिरोध क्षमताले) भरीन्छ । अव यदि पानी भरीएको खाल्डोमा बल आयो भने न त बल बाहिर निस्कन सक्छ न त बल डवलीन्छ । अर्थात यी बलहरु ३२ बाट ६४ बाट १२८ बाट २५६ बल तब मात्र बन्नेछन् यदि नयाँ र सुख्खा खाल्डाहरु पाउने छ । नत्र पुरानो खाल्डोमा गयो भने कोरोना त्यहीँ छपाक अनि खल्लास । शुरु शुरुमा त यी बलले नयाँ खाल्डा निकै पाउनेछन् तर पछि पुराना खाल्डा मात्रै पाउँदा सबै बल सडेगलेर सकिनेछन् ।

यस हर्ड इम्युनिटीका पक्षमा रहेका बिज्ञहरुको भनाई यो छ कि, संक्रमित मानिसहरुबाट अन्य मानिसलाई बचाउने उद्येश्यले जुन बन्दाबन्दि लागाएका छौं यसको निकै ठूलो नोक्सानी व्यहोर्नुपर्नेछ । यसको ठाउँमा यदि लकडाउन हटाएर साधारण जीवनमा मानिसलाई काम गर्न दिने हो भने देशको अर्थ व्वयस्था पनि सवल रहिरहन्छ अनि कोरोना पनि लुप्त भएर जानेछ ।

तर, यो लकडाउन मात्रै उपाय हो भन्नेहरुको मत यो छ कि, लकडाउन खोल्नु निकै जोखिम पूणहुनेछ । किन की यो बिमारी कसरी मानिसमा असर गर्नेछ, कति मानिस यसबाट बाच्न सक्नेछन् ? यदि आउँदो ६ वा ७ महिनामा नेपालका ३ करोड मानिस मध्ये ६० प्रतिशत अर्थात १ करोड ८० लाख मानिस संक्रमित भए भने उनीहरुमा १० वा १५ प्रतिशत मानिस अस्पताल जानुपर्ने अवस्था सिर्जना भएमा यो संख्या २५ देखि ३० हजार हुनेछ । हामी संग यती ठूलो मात्रामा मानिसलाई राख्न सकिने अस्पताल छैनन् त्यसैले बन्दाबन्दी आवश्यक छ । यो उहाँहरुको निरर्थक तर्क ।

कोरोनासम्बन्धि संसारको डाटा अनुसार मे १४ मा मृत्युदर ६.७३ प्रतिशत थियो भने मे २२ मा ६.४३ मा घटेको छ किन कि अधिकांश देशका मानिसमा यहि हर्ड इम्युनीटी बिकसित भइरहेको छ । मे १४ सम्म नेपालको  संक्रमण प्रतिशत १.१७ थियो  भने मृत्यु ० थियो । मे २२ मा संक्रमण प्रतिशत ०.४१ मा झरेको छ भने मृत्यु ०.६२ प्रतिशत रहेको छ । तीन जनाको मृत्युको कारण पनि कोरोना नभई कुनै कारण बश कोरोना देखिएको हो । प्रथम महिला सुत्केरी थिइन् उनमा रोग प्रतिरोध क्षमता निकै कम थियो अनि  डिप्रेसनको अवस्थामा पुगेर उनको मृत्यु भएको हो । नेपालकै एक चिकित्सकको लेखका अनुसार दोस्रो व्यक्तिलाई आइसोलेसनमा राख्दा गरिएको अमानवीय व्यबहार अनि उचित खानपान अनि पानीको मात्रा नपुग्दा रोग प्रतिरोध क्षमतामा कमि आएर मृत्यु भएको जनाइएको छ ।  पारिवारीक स्रोतका अनुसार मृत्यु हुने तेस्रो व्यक्ति सामान्य ज्वरो आउँदा क्लिनिकबाट औषधि खाएका कारण ज्वरो बिग्रिएर जण्डिस हुन पुग्यो ।जसलाई कोरोना शंकाका कारण अस्पताल भर्ना गरियो र उचित औषधोपचार नपाउँदा उनको मृत्यु हुन पुग्यो । WHO को एकलौटी भनाई यो छ कि, जो कोही पनि मर्ने बेलामा घाँटीमा सासको समस्या अनि मुटुमा केहि समस्या देखिन्छ भने उसलाई डाक्टरको आफ्नो विवेक समेत प्रयोग नगरि कोरोना लेखिदिनु भन्ने निर्देशन अनुसार उनलाई पनि कोरोनाको छाप लगाइएको हो ।

हालसम्मको नेपालको डाटा विश्लेषण अनुसार तीन करोड जनतालाई नै जाँच्ने हो भने अधिकतम संक्रमण १ लाख २४ हजार ३ सय ७७ हुनेछ (जून असम्भव छ) भने अधिकतम मृत्यु (यदि लकडाउन गरियो भने) ७ सय ६६ हुनेछ । मृत्यु कसैलाई पनि स्विकार्य छ्रैन तर यो डरलाग्दो सत्य हो । अव ७ वा ८ सय मानिसलाई मृत्युबाट जोगाउनका लागि अर्बौ नोक्सानी अनि हजारौ मानिसलाई बेरोजगार अनि हजारौं आत्महत्या किन निम्त्याउँदैछ सरकार ? यति धेरै जनतालाई त्रास अनि अन्य बिभिन्न जोखिममा राख्नु कत्तिको बुद्धिमानी हो ?

उपेन्द्र अधिकारी
मोटिभेसनल स्पिकर, बिश्लेषक
सिइओ, अवाकस मेण्टल म्याथ
[email protected]

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button