नेपालमा आज मात्र थप ५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौ । नेपालमा शुक्रबार साँझसम्म  ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको  छ।

शुक्रबार साँझ थप ९ जनामा संक्रमण पुष्टि भएसँगै आज थापिनेको संख्या ५९ पुगेको छ । शुक्रबार  बिहान ३० जनामा संक्रमण पुष्टि भएकोमा दिउसो थप २० जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार साँझ संक्रमण देखिएका मध्ये  ७ जना पुरुष र २ महिला रहेका छन्  ।

यसरी थपिने संक्रमितहरुमा मकवानपुर हेटौंडा-३ की ५४ वर्षीया एक महिला, भक्तपुर-९ की ४२ वर्षीया महिला, सप्तरी बलान–बिहुल गाउँपालिकाका ३५ वर्षीय पुरुष, बारा सिमरनगढका २२, २७, ३०, ३४, ३८ र ४५ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए ।

उनीहरु सबैको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। यो सहित नेपालमा कुल संक्रमितको संख्या ५ सय १६ पुगेको छ।

संक्रमित मध्ये ७०  जना निको भएर घर फर्किसकेका छन्। कोरोना संक्रमणबाट नेपालमा हालसम्म ३ जनाको मृत्यु भइसकेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button