नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५४८ पुग्यो

काठमाण्डौ । नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

निबार बिहान थप ३२ जनामा संक्रमण पुष्टि भएसँगै  नेपालमा संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संक्रमित मध्ये ३०  जना पुरुष र २ महिला रहेका छन् ।

यसरी थपिने संक्रमितहरुमा कपिलबस्तुका ७ जना पुरुष र एक महिला, रुपन्देहीका ८ पुरुष, सर्लाहीका १३ जना पुरुष  ,  बारा की एक महिला तथा  काठमाण्डौ र् चितवनका एक/एक  पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए ।

उनीहरु सबैको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।

नेपालमा  भाइरसबाट संक्रमित भएका  मध्ये ७० जना निको भएर घर फर्किसकेका छन्। कोरोना संक्रमणबाट नेपालमा हालसम्म ३ जनाको मृत्यु भइसकेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button