नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकार संग २ करोड ८८ लाख माग

पोखरा, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७७ का लागि गण्डकी प्रदेश सरकार संग अनुमानित बजेट पेश गरेको छ ।

करिव ३७ वर्षको अन्तराल पछि पोखरामा हुन लागेको नवौ राष्ट्रिय खेलकुदका लागि समितीले आव २०७७/०७८ को बजेट विनियोजनमा प्रतियोगिताको रकम विनियोजित गरिदिन प्रदेश सरकार संग आग्रह गरेको हो ।

आगामी २०७७ फागुन २० देखि २७ गते सम्म पोखरामा आयोजना हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि समितीले गण्डकी प्रदेश सरकारलाई २ करोड ८८ लाखको बजेट पेश गरेको क्षेत्रिय खेलकुद बिकास समितीका लेखा प्रमुख डिवी नेपालीले जानकारी दिए ।

राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेल पदर्शन गर्दै प्रदेशका लागि वढी भन्दा वढी मेडल हासिल गर्न र सो को तयारीका लागि प्रदेश सरकार संग बजेटका लागि आग्रह गरिएको कार्यालय प्रमुख लक्ष्मण योगीले बताए । “यति बेला गण्डकी प्रदेश निकै सम्भावना छ, हामी संग आवश्यक पुर्वाधार समेत तयार छन” उनले थपे–“एघार वटै जिल्लामा खेल हुने गरि समितीले आफ्नो कामलाई तिव्र समेत पारेको छ र त्यही अनुसार हामीले बजेट पेश गरेका छौ ।

बजेटमा खेल सामाग्रीका लागि २० लाख, भौतिक पुर्वाधार मर्मतका लागि ५० लाख, वन्द प्रशिक्षणका लागि १ करोड ७५ लाख, मायाको चिनोको लागि १८ लाख, स्वागत द्वारका लागि १५ लाख, प्रचार प्रसारका लागि १० लाख रहेको छ । प्रदेश सरकारले आगामी बजेट शत्र प्रस्तुत गर्ने भएकोले क्षेत्रिय खेलकुद विकास समितीले बजेट राष्ट्रिय प्रतियोगिताका लागि बजेट पेश गरेको हो । पोखरामा आयोजना हुने नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३५ खेल समावेश हुने अनुमान संगै पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीले लोक दोहोरी गित प्रतियोगितालाई पनि समावेश गर्न प्रदेश सरकार संग प्रस्ताव गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button