पोखरामा पहिरोका कारण २ तले घर भत्कियो

पोखरा । पोखरामा  पहिरोका कारण २ तले घर भत्किएको छ ।

गतराति परेको अविरल वर्षाको कारण पोखरा महानगरपालिका -२८ बित्यानीका  बिर्ख बहादुर गुरुङको ढुङगा माटोले बनेको २ तले घर भत्किएको प्रहरीले जनाएको छ ।

घरमाथि खनेको नयाँ  मोटर बाटोबाट मध्यरातमा पहिरो जाँदा गुरुङको घर  पूर्ण रुपमा क्षति भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र वावु रेग्मीले जानकारी दिए ।

घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । पहिरोका कारण घरमा रहेका  फर्निचर, लत्ताकपडा, अन्नपात, भाँडावर्तन जस्ता सम्पूर्ण सामग्री पुरिएका छन्  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button