नेपालमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५८४ पुग्यो

काठमाण्डौ । नेपालमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार दिउसो  थप ३६ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ५ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसरी थपिने संक्रमितहरुमा बैतडीका ४ जना पुरुष, झापाका  १ जना, बाँकेका २७ जना पुरुष, बर्दियाका १ जना , सुर्खेतमा २ जना पुरुष र   एक महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता बिकास देबकोटाले जानकारी दिए ।

उनीहरु सबैको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। हाल सम्म नेपालका ४० जिल्लामा कोरोना सक्रमण देखा परेको छ ।

नेपालमा भाइरसबाट संक्रमित भएका मध्ये ७० जना निको भएर घर फर्किसकेका छन्। कोरोना संक्रमणबाट नेपालमा हालसम्म ३ जनाको मृत्यु भइसकेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button