लकडाउनमा रगत अभाव हुन् नदिन पोखरामा डिभाइन युथ क्लवको रक्तदान

पोखरा । कोरोना भाइरस संक्रमण फैलिन नदिन देशभर जारी लकडाउनका विच डिभाइन युथ क्लव नेपाल कास्की र श्यामाश्याम सत्संग पोखरा, न्युरोड शाखाको संयुक्त आयोजनामा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

जारी  लकडाउनमा रगत अभाव नहोस् भन्ने हेतुले नेपाल रेडक्रस सोसाइटी कास्कीको प्राविधिक सहयोगमा शनिबार पोखरामा रक्तदान कार्यक्रम सम्पन्न गरिएको  क्लवका  क्षेत्रीय कार्यालय पोखरा अध्यक्ष रुद्रलाल कुँवरले बताए । पोखरा -८ स्थित बराल समाज घरमा सम्पन्न  कार्यक्रममा ३१ जना रक्तदाताले रक्तदान गरेको उनले बताए  ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालीका वडा नं ८ का वडाअध्यक्ष श्री रुद्रनाथ बरालले निरन्तर सामाजीक सेवामा समर्पीत हुँदै आएको  क्लवले  कोभीड १९ को माहामारीको अवस्थामा पनी राहात वितरण र रक्तदान जस्ता सेवा कार्यालाई निरन्तरता दिंदै  अध्यात्ममा समेत क्रियाशिल भएको देख्दा खुसी व्यक्त गरे  ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की सभापती श्री डोलराज पाण्डे तथा रक्तसन्चार केन्द्र पोखराका प्रमुख श्री अर्जुन ज्ञवालीले क्लवको सेवा कार्यको प्रसंशा  गर्दै रक्तदाताललाई धन्यवाद ज्ञापन गरेका थिए ।

सामाजीक कार्यमा  अग्रसर क्लवले यस अघि  श्यामाश्याम सत्संग पोखराको सहकार्यमा  श्रमीक र आर्थीक अवस्था कमजोर रहेकाहरुलाई राहत वितरण गर्ने प्रयोजनको लागि वडा न १५ का वडाअध्यक्ष प्रकाश पैडेललाइ रु ५१ हजार र वडा नं ८ लाइ खाद्यान्न र आवश्यकीय बस्तु राहात स्वरुप उपलब्ध गराएको श्यामाश्याम सत्संग पोखराका कोषाध्यक्ष नारायण बराल बताए ।

स्वामी श्री हरिदासजीबाट गठित डिभाइन युथ क्लव नेपालले लकडाउन अवधीमा देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम लगायत लकडाउन प्रभावीतहरुलाइ राहात वितरणको कार्यलाइ निरन्तरता दिँदै आएको छ ।

क्लवको पोखरामा यो १३ औं पटकको  रक्तदान कार्यक्रम हो ।

 

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. धन्यवाद सम्पादक ज्यु समाचार संप्रेषण को लागि। यस्ता नेपाली युवा हरुले गरेका सकारात्मक कार्य हरु मेडिया साथी हरुले धेरै पोस्ट गरिदिनु भए धेरै हद सम्म युवामा सकरात्मक चिन्तन को प्रभाव पर्छ होला साथमा यस्ता कार्यमा आफु पनि लाग्न प्रेरणा मिल्छ होला।

  2. धन्यवाद सम्पादक ज्यु समाचार संप्रेषण को लागि। यस्ता नेपाली युवा हरुले गरेका सकारात्मक कार्य हरु मेडिया साथी हरुले धेरै पोस्ट गरिदिनु भए धेरै हद सम्म युवामा सकरात्मक चिन्तन को प्रभाव पर्छ होला साथमा यस्ता कार्यमा आफु पनि लाग्न प्रेरणा मिल्छ होला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button