नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६०३ पुग्यो

काठमाण्डौ । नेपालमा थप १९  जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आइतबार थप १९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ६ सय ३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसरी थपिने संक्रमितहरुमा मोरङका १ जना पुरुष, कलैया १ जना पुरुष, सर्लाहीका १ जना पुरुष, पर्साका ३ जना पुरुष, रौतहट १ जना ,  काठमाण्डौ १ जना पुरुष, रुपन्देहीका  ६  पुरुष , कपिलबस्तुका ३ जना पुरुष, नुवाकोट १ जना पुरुष, गुल्मी १ जना पुरुष  रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता बिकास देबकोटाले जानकारी दिए ।

उनीहरु सबैको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। हाल सम्म नेपालका ४२ जिल्लामा कोरोना सक्रमण देखा परेको छ ।

नेपालमा भाइरसबाट संक्रमित भएका मध्ये ८७ जना निको भएर घर फर्किसकेका छन्। कोरोना संक्रमणबाट नेपालमा हालसम्म ३ जनाको मृत्यु भइसकेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button