पोखरा लगाएत गण्डकीमा कोरोना र डेंगुसँगै मलेरियाको त्रास

पोखरा ।  पोखरामा  र गोर्खामा मलेरियाका विरामीहरु देखा पर्न थालेका छन । गण्डकी प्रदेश स्वास्थय निर्देशनालयले जनाए अनुसार कास्कीको पोखरा र गोर्खामा गरि दुई जना मलेरियाका विरामी फेला परेका हुन ।

गोर्खा  जौवारीका एक व्यक्ति र  पोखरा ५ मालेपाटनका एक १९ वर्षिय युवकमा मलेरिया पोजेटिभ देखिएको डा.  शर्माले पोखरा न्यूजलाई बताए । उनले मालेपाटनका युवकको मनिपाल शिक्षण अस्पतालमा उपचाररत रहेको र गोर्खा  जौवारीका व्यक्तिको विवरण  लिदै गरेको जनाए  ।

कोरोनाको कहर संगै कास्की, म्याग्दी, बागलुङ, तनहुँ लगाएतका जिल्लामा डेंगु सक्रमण फैलिइरहेको बेला प्रदेशमा मलेरियाका विरामी समेत फेला पर्न थालेको भन्दै उनले थप सजगता अपनाउन  आग्रह गरे ।

एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने डेंगु रोग अघिल्लो वर्ष भन्दा यो पटक पोखरा लगायत गण्डकी प्रदेशमा छिटो देखा परेको र अहिले  मलेरिया समेत देखा परेको भन्दै डा. शर्माले डेंगु नियन्त्रणको लागि लामखुट्टेको लार्भा र प्युपा वस्ने वासस्थान नष्ट गर्नुपर्ने बताए । सामान्य रुपमा औलो भनेर चिनिने मलेरिया एनोफिलिज जातको संक्रमित पोथी लामखुट्टे टोकाइबाट सर्ने उनले बताए  ।

डा. शर्माले कोरोना कहरको यो अवस्थामा लामखुट्टेको टोकाइबाट हुने डेंगु तथा मलेरिया नियन्त्रणको लागि सबै मिलेर लाग्नुपर्ने बताए ।
उनले गर्मी बढेसँगै डेंगुको जोखिम थपिएकाले सावधानी अपनाउन सबैमा आग्रह गरे । “डेंगु तथा मलेरिया हुनबाट जोगिन लामुखुट्टेको टोकाइबाट बचौ, सुत्दा झुल टाँग्ने गरौँ, घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी र लामखुट्टाले फुल पार्नै स्थानहरुलाई पुरौँ”, डा. शर्माले भने ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button