कमजोर भयो सुरक्षा भित्रियो कोरोना

कबिता


कमजोर भयो सुरक्षा भित्रियो कोरोना
सत्ता केन्द्रित नेताहरु संकटमा सिमाना

सकेनौ कि तिम्ले दिएनन ति छिमेकिले
निधारको टीका पनि उनकै छ कारखाना

कुर्सिमा बसि आफुँ जिम्मा दिन्छौ बैरिलाई
ईसारामा नाचेका छौ घन्काएर उनकै गाना

प्रजातन्त्र गणतन्त्र अबसर भयो देश लुट्ने
देखाउ कोहि राष्ट्र प्रेमि बिगतका फर्काई पाना

के बन्यो नयाँ कुरा पुर्खाको नासो भन्दा अरु
मल्ल कालका मठमन्दिर उहीँ पुराना संरचना

बेथिति र लथालिंग कोसौँ टाढा बिकाश पनि
दोषारोपण एकअर्कालाई उम्किने मात्र छ बहाना


सृजना ढकाल, पोखरा 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button