नेपालमा कोरोनाबाट थप एक व्यक्तिको मृत्यु भएको पुष्टि

काठमाण्डौ । नेपालमा कोरोनाभाइरसको संक्रमणबाट थप एक व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ ।

गत जेठ ४ गते वीरगन्जको नेशनल मेडिकल कलेजमा मृत्यु भएका कलैया  – ७ बाराका वृद्धलाई कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

जेठ २ गते अस्पतालमा भर्ना भएका वृद्धको जेठ ३ गते स्वाव संकलन गरिएकोमा  ४ गते मृत्यु भएको थियो । उनको  मृत्यु भएको ८ दिनपछि मात्र उनमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मृतकका परिवारले उनको हिन्दु संस्कार अनुसार गाउँमा अन्तिम संस्कार गरिसकेका छन्।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार पुगेको छ । कोरोनाबाट ज्यान गुमाएका वृद्ध लगायत सिन्धुपाल्चोककी सुत्केरी महिला, बाँकेका २५ वर्षीय युवकमा मृत्यु पछि मात्र कोरोना पुष्टि भएको हो । कोरोना संक्रमित गुल्मीका एक जना शिक्षक कोरोना पुष्टि पछि मृत्यु भएको थियो।

सोमबार दिउसो  नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि  भएको मन्त्रालयले जनाएको छ । सोमबार दिउसो थप ६ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ६ सय ८१ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button