पोखराको सेती नदीमा डुवेका युवक डेढ महिनापछि मृत भेटिए

पोखरा । पोखराको सेती नदीमा डेढ महिना अघि  डुवेर वेपत्ता भएका  युवक मृत भेटिएका छन्।

गत चैत्र २८ गते पोखरा १ बगर पीएन क्याम्पसको टतल सेति नदिको खोँचमा माछा मार्न र  पौडी खेल्न जाने क्रममा डुबेर वेपत्ता भएका गोरखा आरुघाट घर भइ  पोखरा -१६ दिप बस्ने २४ बर्षीय अमृत थापा मगर मृत फेला परेको प्रहरीले जनाएको छ ।

मगरको शव सोमबार दिउसो करिव १ बजेको समयमा पोखरा -१ र १६को बिचमा पर्ने सेती नदिको खोँचमा पानिमा तैरिएको अवस्थामा फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र वावु रेग्मीले जानकारी दिए ।

घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button