स्याङजामा २ जनामा कोरोना पुष्टि भएको छ, पोखरामा ल्याई उपचार गराउ : सांसद मल्ल

पोखरा । स्याङजामा २ जनामा कोरोना भाइरस संक्रमण  पुष्टि भएको भन्दै सांसद भागवत प्रकाश  मल्लले सक्रमितलाई उपचारका लागि पोखरा ल्याउन माग गरेका छन् ।

गण्डकी प्रदेशमा शुरु भएको वजेट अधिवेशनको दोश्रो वैठकको सुन्य समयमा बोल्दै स्याङजाको  वालिङमा देखिएका दुई जना कोभिड १९ सक्रमित लाई तुरुन्तै गण्डकी अस्पतालमा ल्याई उपचार अघि बढाउन आग्रह गरेका हुन ।

उनले भने–“भारत बाट आई क्वारेन्टिनमा  रहेका १० जना मध्ये दुई जनाको पोखरामा जाँच गर्दा  पिसिआर पोजिटिभ देखिएको छ, उनीहरुलाई यथासिघ्र गण्डकी अस्पतालमा ल्याएर उपचार गर्न म माग गर्दछु ।”

मल्ल नेपाली काङ्रेसको तर्फबाट स्याङ्जा जिल्ला प्रतिनिधि सभा क्षेत्र नं २ बाट निर्वाचित सांसद  हुन् ।

पोखरामा स्याङजाका २ जनाको स्वाव परीक्षण गर्दा कोरोना  पोजिटिभ  देखिएको विषयमा गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्मालाई सोध्दा यसबारेमा अहिले केहि नभन्ने र केहीबेरपछि औपचारिक जानकारी गराइने बताए  ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. उपचार सयाङजा भनदा पाेखरामा राम्रो हुनछ ।मानिनिय जि ले सहि भन्नू भयकाे छ।ठुला अस्पतालमा उपचार गराउ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button