गण्डकी प्रदेशमा थप २ जनामा कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप २ जनामा कोरोना पुष्टि भएको छ ।

भारतबाट आई स्याङजाको वालिङमा  क्वारेन्टिनमा रहेका १० जनाको स्वाव संकलन गरी पोखरामा पीसीआर परीक्षण गर्दा दुई जनामा कोरोना पोजिटिभ देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जनाए ।

भारतबाट चार दिनअघि आएका वालिङ नगरपालिका -७ का २० र २९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको र उनीहरुको हाल जिल्ला अस्पताल स्याङ्जाको आइसाेलेसन कक्षमा उपचार भइरहेको निर्देशक डा.  शर्माले  जानकारी दिए ।

यो सँगै गण्डकी प्रदेशमा संक्रमित हुनेको संख्या ६  पुगेको छ । प्रदेशको बागलुङमा भेटिएका २ जना संक्रमित  उपचारपछि घर फर्कीसकेका छन् भने  नवलपुरका २  जना उपचाररत रहेको छन्  । यस अघि  संक्रमित  एक जना लमजुङका भनिएका  बालक भने धादिङ् जिल्लाका भएको बताइएको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button