नेपालमा एकैपटक ९० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७७२

काठमाण्डौ । नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सोमबार दिउसो थप ६ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ७ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसरी थपिने संक्रमितहरुमा महोत्तरी २ जना पुरुष, बाराका ५ जना, रौतहटका २१ जना पुरुष  तथा १ महिला, सिराहाका ५ जना पुरुष, धनुषाका १ जना , रुपन्देहीका १ जना , कपिलबस्तुका  २ बर्षीया बालिका सहित २६  जना,  गुल्मीका २ जना पुरुष , अर्गाखाचीका २ जना पुरुष, कैलालीका १ जना पुरुष, अछामका १ जना पुरुष,  स्याङ्जाका २ जना पुरुष, सुर्खेतका ११  जना पुरुष तथा १ महिला, बाँकेका ८  जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बिकास देबकोटाले जानकारी दिए ।

उनीहरु सबैको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। हाल सम्म नेपालका ४६ जिल्लामा कोरोना सक्रमण देखा परेको छ ।

नेपालमा भाइरसबाट संक्रमित भएका मध्ये १ सय ५५ जना निको भएर घर फर्किसकेका छन्। जसमध्ये १ सय २४ जना पुरुष र ३१ जना महिला रहेका छन् ।

कोरोना संक्रमणबाट नेपालमा हालसम्म ४ जनाको मृत्यु भइसकेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button