पोखरामा हातखुट्टा धुने क्रममा चिप्लीदा एकको मृत्यु

पोखरा ।  पोखरामा हातखुट्टा धुने क्रममा चिप्लीदा एक जनाको मृत्यु भएको छ  ।

मंगलबार बिहान ११:४० बजे पोखरा महानगरपालिका -१ गाइघाट स्थित सेती नदीमा किनारमा हातखुट्टा धुने क्रममा चिप्लीदा एक बृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नदीमा किनारमा हातखुट्टा धुन गएका स्थानीय शान्तिचोकका ६५ बर्षीय मान बहादुर परियारको चिप्लिएर नदीले बगाउदा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र वावु रेग्मीले जानकारी दिए ।

नदीले बगाएको थाहा पाएपछि  उनको उद्धार गर्ने क्रममा  नदी खोचमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button