गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी

पोखरा । गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

प्रदेशको वागलुङ जिल्लामा थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले पोखरा न्यूजलाई जानकारी दिए । भारतबाट आएर क्वारेन्टिनमा बसेका वागलुङ बडीगाढ र तमानखोलाका ६ जनामा कोरोना सक्रमण पुष्टी भएको हो ।

बागलुङ, बडीगाढ गाउँपालिकाको क्वारेन्टिनमा रहेका बर्ष १९ र २० का २ जना पुरुष तथा तमनखोला गाउँपालिकाको क्वारेन्टिनमा रहेका  २१ बर्षका २ जना  र  २७ वर्षका २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको निर्देशक डा. शर्माले जानकारी दिए ।

उनीहरु सबैजनालाई सदरमुकाम बागलुङ स्थित सरकारी अस्पतालमा ल्याउने तयारी भइरहेको छ । यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको  संख्या १२ पुगेको छ ।

गण्डकी प्रदेशको स्याङजामा हिजो मात्र २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।  भारतबाट  जेठ १० गते  आएका वालिङ नगरपालिका -७ का २० र २९ वर्षीय  संक्रमित पुरुषहरुको जिल्ला अस्पताल स्याङ्जाको आइसाेलेसन कक्षमा उपचार भइरहेको छ ।

बागलुङमा यस अघि  भेटिएका २ जना संक्रमित उपचारपछि घर फर्कीसकेका छन् भने नवलपुरका २ जना उपचाररत रहेको छन् । यस अघि संक्रमित एक जना लमजुङका भनिएका बालक भने धादिङ् जिल्लाका भएको बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button