नेपालमा थप १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौ । नेपालमा थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधवार दिउसो थप १ सय १४ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ८ सय ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा महिलाको संख्या ९० र पुरुषको संख्या ७९६ रहेको छ ।

यसरी थपिने संक्रमितहरुमा सप्तरीका  ११ जना पुरुष र एक महिला , रौतहटका २७ जना पुरुष तथा २ महिला, झापामा १७ जना पुरुष, मकावनपुरमा १ महिला सहित ७ पुरुष, रुकुममा १ महिला र १ पुरुष, दाङमा १ महिला सहित १४ पुरुष, वाँकेमा १६ जना पुरुष, सिरहामा १ जना  पुरुष, बारामा एक महिला सहित ६ पुरुष र रौतहटमा एक महिला सहित २८ जना पुरुष, बागलुङका ६ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बिकास देबकोटाले जानकारी दिए ।

उनीहरु सबैको अवस्था सामान्य रहेको र सबै क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा भाइरसबाट संक्रमित भएका मध्ये १ सय ८३ जना निको भएर घर फर्किसकेका छन । जसमध्ये १ सय ४२ जना पुरुष र ४१ जना महिला रहेका छन् । बुधबार मात्रै देशभरी बाट २८ जना निको भएर घर फर्किएका छन ।

कोरोना संक्रमणबाट नेपालमा हालसम्म ४ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button