पोखरामा एक व्यक्ति मृत फेला

 पोखरा । पोखरामा  एक व्यक्तिको शव पानीमा तैरीएको अवस्थामा भेटिएको छ ।

पोखरा महानगरपालिका वडा नं १३ स्थित  दुईकुलाको मुहानमा शव फेला परेको प्रहरीले जनाएको छ ।

गण्डकी  प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार बेवारिसे अवस्थामा भेटिएका करिब ४५ वर्षका पुरुषको शव पानीमा तैरिएको अवस्थामा आज बिहान फेला परेको हो ।

घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button