म्याग्दीमा १ जनामा कोरोना पुष्टि, गण्डकीमा संक्रमित १७ पुगे

पोखरा । गण्डकी प्रदेशको म्याग्दीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

म्याग्दी मालिका गाउँपालिकाका ३० बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जनाएका छन् ।

बेनी स्थित क्वारेन्टिनमा रहेका उनमा संक्रमण पुष्टि भएपछि अहिले त्यहिको आइसोलेशन कक्षमा राख्ने तयारी भइरहेको निर्देशक शर्माले उल्लेख गरेका छन् ।

आज मात्रै  स्याङ्जा जिल्लाको  वालिङका २ जना पुरुष र १ जना महिला, तथा नवलपरासी बर्दघाट सुस्ता (पूर्व) का १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो  । यसअघि मंगलबार मात्र वालिङका २  पुरुषमा कोरोना पुष्टि भएको थियो ।

त्यसैगरी प्रदेशको बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ४ र बडिगाड गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २ जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ पुगेको छ ।

बागलुङमा यस अघि भेटिएका २ जना संक्रमित उपचारपछि घर फर्कीसकेका छन् भने नवलपुरका २ जना उपचाररत रहेको छन् । यस अघि संक्रमित एक जना लमजुङका भनिएका बालक भने धादिङ् जिल्लाका भएको निर्देशक शर्माले जनाए  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button