गण्डकीमा थप २ जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमित १९ पुगे

पोखरा । गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा थप  २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देबचुली नगरपालिका का १९ र २१ बर्षका  २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जनाएका छन् ।

संक्रमितहरुलाई मध्यबिन्दु जिल्ला अस्पताल लैजाने तयारी भइरहेको  निर्देशक शर्माले उल्लेख गरेका छन् ।  यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९ पुगेको छ ।

बिहीबार  मात्रै गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बिहाबार प्रदेशको म्याग्दी जिल्लामा पहिलोपटक १ जना पुरुषमा भाइरसको संक्रमण देखिएको हो । प्रदेशको स्याङ्जा जिल्लामा हालसम्म ४ जना पुरुष र १ महिला गरि ५ जनामा कोरोना पोजेटिभ  देखिएको छ ।

गण्डकी प्रदेशको नवलपुरमा हालसम्म ५ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी प्रदेशको बागलुङ जिल्लामा हालसम्म ८  जनामा कोरोना पोजेटिभ  देखिएको छ ।

बागलुङका  २ जना संक्रमित उपचारपछि घर फर्कीसकेका छन् ।

यस अघि संक्रमित एक जना लमजुङका भनिएका बालक भने धादिङ् जिल्लाका भएको निर्देशक शर्माले बताए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button