गोष्तेघाट फुटबल मैदानको प्यारापिट ढलान सम्पन्न

पोखरा । पोखरा महानगर पालिका १९ स्थित गोष्तेघाट फुटबल मैदानको प्यारापिट ढलान कार्य दुई महिना ढिलो गरि सम्पन्न भएको छ ।

युवा तथा खेलकुद मन्त्रालय अन्तरगत राष्ट्रिय खेलकुद परिषद मार्फत आएको १ करोड बजेटमा उक्त ढलान कार्य सम्पन्न गरिएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका इन्जिनियर प्रनिश ताम्राकारले जनाएका छन । सेती नदीको किनारमा अवस्थित उक्त खेल मैदानलाई अन्तर्राष्ट्रिय फुटबल मैदानको रुपमा विकसित गर्न प्यारापित सहित दुई वटा एटेच सहितको चेन्जिङ रुम, भिआइपी प्रतिक्षा कक्ष लगाएत निर्माण सम्पन्न हुने भएको ताम्राकारले बताए ।

प्यारापिट निर्माण कार्य दुई महिना अघिनै सम्पन्न गरि सक्नुपर्ने भए पनि कोरोनाका कारण भएको लक डाउनले काम गर्ने मजदुरको अभावमा रोकिएको ताम्रकारले बताए । उनले भने–“अहिले स्थानिय मजदुरहरु बाट ढलान कार्य सम्पन्न त भयो तर फिनिशिङको कार्य भने अहिले सम्भव छैन ।” स्थानिय उपभोक्ता समिती मार्फत भएको उक्त कार्य सम्पन्न गर्न मन्त्रालयको ९० लाख र उपभोक्ता समितीको १० लाख गरि १ करोड खर्च भएको समितीका सचिब बुद्धी खत्रीले बताए । १ करोडको लागत बाट ३५ मिटर लामो प्यारापिट निर्माण गरिएको र करिव ५ हजार दर्शक क्षमताको रहेको उनले जानकारी दिए ।

गोष्तेघाट खेल मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउन पोखरा महानगर पालिका यस चालु वर्षमा ५० लाख दिएको सचिब खत्रीले जानकारी दिए । महानगरले दिएको उक्त रकम बाट मैदानको दुवो रोप्ने र छुट्टै प्रशिक्षण मैदान समेत तयार गरिएको उनले बताए । युवा तथा मन्त्रालयले परिषद मार्फत आर्थिक वर्ष २०७४/०७५ मा १ करोड ५७ लाख, ०७५/०७६ मा ५० लाख र ०७६/०७७ मा १ करोड तथा उपभोक्ता समितीले करिव ५० लाख भन्दा वढी रकम निर्माणमा खर्च गरिसकेको उनले बताए ।

गोष्तेघाट खेल मैदानको निर्माणको कार्यलाई पुर्णता दिन अझै धेरै काम गर्न बाँकी रहेको सचिब खत्रीले बताए । “अझै पार्किङ, वगैँचा र मैदानको तिन तर्फ प्यारापिट बनाउन आवश्यक छ” उनले भने–“मैदानलाई खेल्ने अवस्थामा ल्याइपुर्याएका छौं, अब बजेट कसरी आउँछ त्यही अनुसार कामलाई गति दिन्छौ ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button