नेपालमा थप १ सय ७० जनामा कोरोना संक्रमण, थप एकको मृत्यु पुष्टि

काठमाण्डौ । नेपालमा थप १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार दिउसो थप १ सय ७० जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १ हजार २ सय १२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जस मध्ये पुरुषको संख्या १ हजार १ सय २ महिलाको संख्या १ सय ९ जना रहेको छ ।

यसरी थपिने संक्रमितहरुमा सप्तरीका ४ जना पुरुष, बाराका ४ जना, पर्साका ५ जना पुरुष, सर्लाही ३ पुरुष १ महिला, ललितपुर १ जना महिला , म्याग्दीमा १ पुरुष, बाँके १० जना पुरुष,  कपिलबस्तुका ७ बर्षीय बालक  सहित २७ जना पुरुष , झापाका  ५६ जना र रौतहटका २ जना बालिका तथा ५४  जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बिकास देबकोटाले जानकारी दिए ।

उनीहरु सबैको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। हाल सम्म नेपालका जिल्लामा कोरोना सक्रमण देखा परेको छ ।

नेपालमा भाइरसबाट संक्रमित भएका मध्ये २ सय ६ जना निको भएर घर फर्किसकेका छन् । जसमध्ये १ सय ६२ जना पुरुष र ४४ जना महिला रहेका छन् । हाल सम्म देशभरी ९९ हजार ३ सय ५६ जना क्वारेन्टिन र १ हजार जना आइसोलेसनमा रहेका छन ।

अर्गाखाँची भूमिस्थानका ३५ वर्षीय मृतक  पुरुषमा  कोरोनाका  संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै  कोरोना संक्रमणबाट नेपालमा हालसम्म ६ जनाको मृत्यु भइसकेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button