पोखराको बिरौटामा आगलागी

पोखरा ।  पोखरा महानगरपालिका – १७ बिरौटा स्थित एक घरमा शनिबार दिउसो आगलागी भएको छ ।

आगलागीबाट  स्थानीय रामचन्द्र भण्डारीको २ तले घरको माथिल्लो तलाको एक कोठा पूर्ण रुपमा क्षति भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी यादव ढकालले जानकारी दिए । आगलागीबाट कोठामा रहेका वेड/विस्तारा, फर्निचरका सामान, इलेक्ट्रोनिक सामाग्रीहरु जलेर नष्ट भएका छन् ।

प्रहरीले स्थानीयको सहयोगमा ट्यांकी र दमकलको सहायताबाट  समयमै आगो नियन्त्रणमा लिएको कारणले आगो धेरै फैलिन नपाएको डिएसपी ढकालले बताए ।

विद्युत सर्टका कारण आगलागी भएको हुन् सक्ने बताइएको छ ।

तस्बिर : सुर्य पौडेल

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button