पोखरामा ३ बर्षीया बालिका घरको छतबाट खस्दा घाइते

पोखरा ।  पोखरामा ३ बर्षीया बालिका घरको छतबाट खस्दा घाइते भएकी छन् ।

दुई तले पक्कि घरको छतमा खेल्ने क्रममा खसेर पोखरा महानगरपालिका-११ फुलबारी बस्ने देबराज अधिकारीकी ३ बर्षीया छोरी युनिशा अधिकारी घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार  घाइते बालिकाको  मणिपाल अस्पताल पोखरामा उपचार भइरहेको छ । बालिकाको दुबै आँखा र टाउकोमा चोट लागेको छ ।

घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button