राहतका लागि सरकारको मुख नताकौं : सांसद मनाङे

पोखरा । गण्डकी प्रदेशका सांसद दिपक मनाङेले पोखरा महानगरपालिका वडा नं ३२ लामेआहल स्थित राधा कृष्ण वृद्धाश्रममा राहत वितरण गरेका छन ।

वृद्धाश्रममा रहेका वृद्ध–वृद्धाहरुलाई राहत वितरण गर्दै राहतको लागि सरकारको मात्रै मुख नताक्न सांसद मनाङेले आग्रह गरेका छन । कोरोना कहरको विषम समयमा हुने-खानेहरुले सामाजिक उत्तरदायित्व बहन गर्दै समाजमा दुःख पाएकाहरुलाई सहयोग गर्न उनले आग्रह समेत गरे ।

अहिलेको समय आफु पनि वाँच्ने र अरुलाई पनि बचाउने रहेको भन्दै उनले  समस्या समाधानका लागि अभियानमा जुटन सबैलाई आग्रह गरेका छन् ।

सांसद मनाङेले भने–“समाजका हरेक तह र तप्का मिल्यौ भने जस्तो सुकै समस्या पनि समाधान हुन सक्छ ।”

उनले  आफ्नो जिल्ला मनाङमा देश विदेशमा रहेकाहरुको सहयोगमा राहत वितरण गरिएकोले सर्वसाधारणहरुले खासै कठिनाई भोग्नु नपरेको  उल्लेख गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button