नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

काठमाण्डौ । नेपालमा  कोरोना भाइरस (कोभिड–१९) कारण थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।

दैलेखको दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा आज  बिहान मृत्यु भएका ३५ वर्षीय पुरुषको पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा युवकको नतिजा पोजेटिभ आएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका जनस्वास्थ्य शाखा प्रमुख नवराज कडेलले जनाएका छन्  ।

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button