पोखरा महानगरद्वारा पत्रकार महासंघलाई स्वास्थ्य सामग्री हस्तान्तरण

पोखरा । पोखरा महानगरपालिकाले नेपाल पत्रकार महासंघ कास्कीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । महानगरपालिकाले चीनका विभिन्न भगिनी सहरहरुबाट प्राप्त भएको स्वास्थ्य सामग्री मध्ये पत्रकार महासंघ कास्कीलाई २ हजार ५ सय सर्जिकल मास्क र २ वटा थर्मल गन प्रदान गरेको हो ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङले आइतबार पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।  कार्यक्रममा महानगर प्रमुख मानबहादुर जिसीले कोरानासँग जुध्नुको विकल्प नभएको भन्दै महानगरसँग भगिनी सम्बन्ध भएका चीनका सहरहरुले दिएको स्वास्थ्य सामग्रीलाई सही सदुपयोग गरिने बताए ।

‘हामीले भगिनी सम्बन्ध जोड्दा के फाइदा हुन्छ भन्नेहरुलाई यो सहयोगले गतिलो जवाफ दिएको छ, प्रमुख जिसीले भने,‘ सहयोग सानो र ठूलो हुँदै सम्बन्धकै कारण यो सहयोग प्राप्त भएका हो ।’ पत्रकार पनि अंग्रपक्तीमा खटिएर समाचार सम्प्रेष्ण गर्नुपर्ने भएकाले स्वास्थ्य सामग्री हस्तान्रतण गरेको बताए ।

पोखरा महानगरका उपप्रमुख तथा कोरोना रोकथाम, नियन्त्रण र उपचारको लागि गठित उच्च स्तरीय समितिका संयोजक मञ्जुदेवी गुरुङले आवश्यकताका आधारमा ती सामग्री अन्य संघ संस्था, पोखरासँग सिमा जोडिएका गाउँपालिका, नगरपालिका र पोखराको भगिनी सम्बन्ध भएका नेपालका सहर धरान र धनकुटालाई पनि प्रक्रिया पु¥याएर ती सामग्री उपलब्ध गराउने बताइन् ।

कार्यक्रम उपप्रमुख गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा चीनबाट सामग्री ल्याउन समन्वय गरेको पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा नेपाल चीन जनमैत्री संघ पोखराका अध्यक्ष विश्वशंकर पालिखेले भगिनी सम्बन्ध जोडिएका सहरहरुले कोरोना महामहारीको बेलामा पोखरालाई सहयोग गर्नु उदाहरणीय मित्रता भएको बताए ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत धु्रवकुमार पोखरेल, लेखा प्रमुख जयराम पौडेल लगायत सहभागी थिए भने कार्यक्रको सञ्चालन अन्तर्राष्ट्रिय सम्बन्ध समन्वय कर्ता लक्ष्मण तिमिल्सिनाले गरेका थिए । पोखरा महानगरपालिकाले भगिनी सम्बन्ध जोडेका चीनका लिन्जी, कुनमिन र ग्वाङ्झाओबाट स्वास्थ्य सामग्री प्राप्त भएको हो । भगिनी सहरबाट विभिन्न ९ प्रकारका सामग्री पोखरा आइपुगेको हो । १० हजार वटा सर्जिकल मास्क, ३ सय वटा गाउन, पञ्जा, सुज कभर लगायत सामग्री आएको महानगरका अन्तर्राष्ट्रिय सम्बन्ध समन्वयकर्ता तथा महानगर प्रमुखका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले जानकारी दिए ।

अहिले लिन्जी, कुन्मिङ र ग्वाङ्झाओबाट सहयोग सामग्री आएका हुन,’ तिमिल्सिनाले भने, ‘यसअघि पनि यिविन र गान्जी सहरबाट २० हजार मास्क आइसकेको छ ।’ उनले अन्य सहरबाट पनि सहयोग सामग्री आउने प्रक्रियामा रहेको र छुचाओ सहरले पठाएको सामग्री बाटोमै रहेको र ५ दिन भित्र पोखरा आउने जानकारी दिए ।

सबै सहरबाट गरेर महानगरलाई करिब ७९ हजार अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको हो । भगिनी सहर यिविनले ७ हजार अमेरिकी डलर, छुचाओले ११ हजार, लिन्जीले २५ हजार, गोन्जाओबाट २७ हजार र कुन्मिङबाट ९ हजार डलर बराबरको स्वास्थ्य सामग्री पोखरा आएका हुन् ।

पोखरा महानगरले चीनमा कुन्मिङ, ग्वाङझाओ, यिविन, छुसाहो, हाइकाओ, नानिङ लगायत सहरसँग भगिनी सम्बन्ध कायम गरेको छ । त्यसबाहेक जापानको कोमागाने टर्कीको आडालर, दक्षिण कोरियाको ग्यान्बुक गु सहरसँग पनि पोखराको भगिनी सम्बन्ध छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button