कोरोनाका कारण २ वर्षीया बालिकाको मृत्यु भएको पुष्टि

काठमाण्डौ । बाजुरामा मृत्यु भएकी २ वर्षीया बालिकालाई कोरोना  संक्रमण पुष्टि भएको छ।

मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा उपचारका क्रममा आज बिहान मृत्यु भएकी बालिकाको कोरोना रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देबकोटाले जानकारी दिए ।

बुवा आमा बालिकालाई लिएर एक साता अघि भारतबाट  नेपाल आएका थिए । बालिकामा श्वासप्रवास सम्बन्धी समस्या देखिएपछि  १५ गते साँझदेखि आइसोलेसनमा राखिएको थियो ।

बालिकाकी आमालाई पनि कोरोना पोजेटिभ देखिएको छ। बालिकाका  बुवाको  रिपोर्ट भने नेगेटिभ आएको छ।

यससँगै नेपालमा  कोरोनाबाट मृत्यु हुनेको  संख्या ८  पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button