नेपालमा थप १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौ । नेपालमा थप १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार दिउसो थप १ सय ६६  जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १ हजार ५ सय ६७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमध्ये पुरुषको संख्या १ हजार ४ सय ५०  महिलाको संख्या १ सय १७ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देबकोटाले जानकारी दिए ।

उनीहरु सबैको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। हालसम्म नेपालका ५८ जिल्लामा कोरोना सक्रमण देखा परेको छ ।

नेपालमा भाइरसबाट संक्रमित भएका मध्ये २ सय २० जना निको भएर घर फर्किसकेका छन् ।

नेपालमा हालसम्म २ बर्षीया बालिका सहित  ८ जनाको मृत्यु भइसकेको छ।

कोरोनाका कारण २ वर्षीया बालिकाको मृत्यु भएको पुष्टि

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button