कोरोना संक्रमितसँगै आएका पोखराका २ सहित ६ जना सम्पर्कविहीन

पोखरा । म्याग्दीका कोरोना संक्रमितसँगै बसमा आएका २३ जना मध्ये ६ जना सम्पर्कविहीन भएका छन् ।

भैरहवाको नमुना मा.बि.को क्वारेन्टाइनमा बसेका उनीहरुलाई गण्डकी प्रदेशमा ल्याउने क्रममा म्याग्दीसम्मका लागि छुटेको म्याग्दी यातायात प्रा.लि.को बसमा आएका मध्ये ६ जना सम्पर्कविहीन भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

ना.५.ख २८९८ नम्बरको बसमा आएका म्याग्दीको मालिका गाउँपालिकाका ३० वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएपछि संक्रमितसँगै बसमा सवार रहेकाहरुको निर्देशनालय गण्डकीले खोजी कार्य थालेको हो ।

निर्देशनालयले बसमा आएका मध्ये पोखराका २ जना पुरानो बसपार्कमा, गोरखाका १ जना आबुंखैरेनीमा, र  लमजुङका ३ जना यात्रु डुम्रेमा ओर्लिएको जनाउदै उनीहरुलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. Yesto corona failiraheko belama ek thau bata arko thau ma manche liyera aauda saab ko photo ani details ra tin char jana police rakhera pathaunu parne ho aba uni harule garda sabai Pokhara ko janata ko health ra life danger ma paryo.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button