गण्डकी प्रदेशको नीति तथा कार्यक्रम: सम्पुर्ण ध्यान कोभिड १९ विरुद्ध

पोखरा । गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको बैठकस्थल पोखरा सभागृहमा आइतबार  प्रस्तुत गरेका छन्  ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै  प्रदेश प्रमुख शेरचनले प्रदेशको  समृद्धी हासिल गर्न सन्तुलित बिकास सङ्गै समृद्धी प्रदेश र शुखी नागरिकको नारा अनुसार प्रदेश  सरकार अघि बढने उल्लेख गर्दै  प्राकृतिक सुन्दरता र सांस्कृतिक विधिता युक्त प्रदेशलाई सभ्य, सुसंस्कृत प्रदेशका रूपमा विकास गर्दै अघि बढ्ने नीति सरकारले लिएको बताए ।

निति तथा कार्यक्रममा कोभिड १९ विरुद्धको लडाइमा ध्यान केन्द्रित गर्ने जनाइएको छ ।  प्रदेश प्रमुख शेरचनले विश्वव्यापी माहामारीबाट सिर्जित समस्याबाट अर्थतन्त्रलाई उठाउन र कोभिड विरुद्धको लडाइमा निति तथा कार्यक्रमले जोड दिएको  बताएका छन ।

नागरिकको स्वास्थ्य प्रणालीलाई सु्दृढ गर्ने योजना अनुरुप गण्डकी प्रदेश सरकारले आफ्नो तेश्रो वर्षको निति तथा कार्यक्रममा प्रभावकारी र सर्वसुलभ स्वास्थ्य सेवा, सुविधा सम्पन्न प्रयोगशाला सङ्गै सरुवा रोग अस्पतालको निर्माण, गण्डकी स्वास्थ्य तालिम तथा प्रतिष्ठानको स्थापना, सबै नागरिकलाई स्वास्थ्य विमा, आर्युवेद अस्तालको निर्माण लगायतमा जोड दिएको छ ।

प्रदेशको प्रथम पञ्च वर्षीय योजनामा कोभिड १९ ले पारेको प्रभावले बिकासका लक्ष्यहरुमा प्राथमिकरण गर्नुपर्ने भएको  निति तथा कार्यक्रममा जनाइएको छ ।

निति तथा कार्यक्रममा कोभिड १९ ले थला परेको पर्यटन र कृषी क्षेत्रलाई माथी उठाउन प्रदेश सरकारले विशष कार्यक्र ल्याउने तथा युवाहरु लक्षित उद्यमशिलता र स्वरोजगारको कार्यक्रमलाई अघि बढाइने बताइएको छ । गण्डकी विश्वविद्यालयको स्थापना संगै विश्वविद्यालयमा स्वास्थ्य र सूचना प्रविधी शिक्षा, विद्यालय तहको शिक्षालाई प्रभावकारी बनाउने सङ्गै उच्च शिक्षालाई प्रविधीमैत्री बनाउन जोड दिने जनाइएको छ ।

प्रदेशको खेलकुदलाई अघि बढाउन आवश्यक ऐनको तर्जुमा सङ्गै हाइअल्टिच्युड प्रशिक्षण केन्द्र, अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालको निर्माण र प्रदेश भित्र आयोजना हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलकुद कार्यक्रम आयोजना गर्न सहयोग पुर्याउने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

निति तथा कार्यक्रममा चालु आ.व.कै  अधिकांश कार्यक्रलाई निरन्तरता दिइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button