पोखराको अस्पतालमा एक व्यक्तिको मृत्यु, कोरोना परीक्षणका लागि स्वाब लिइयो

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा उपचारका लागि आएका एक व्यक्तिको मृत्यु भएको छ ।

स्याङ्जा फेदीखोला गाउँपालिका खहरेका ५१ वर्षीय व्यक्तिको  अस्पतालको आकस्मिक कक्षमा उपचार गर्ने क्रममा आइतबार बेलुका मृत्यु भएको हो ।

बेहोस भएर आइतबार अस्पतालमा ल्याइएका उनको आइतबार बेलुका नै  निधन भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले पोखरा न्यूजलाई बताए ।

भारतबाट नेपाल आएर क्वारेन्टिनमा बसी घर फर्किएका उनमा ३ दिन अघि मात्र स्वाब परीक्षण गर्दा कोरोना भाइरस  नेगेटिभ देखिएको थियो ।

मृतक व्यक्तिको पुन: कोरोना  परीक्षणका लागि स्वाब संकलन गरिएको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button