एन्फा अध्यक्ष शेर्पालाई कार्वाही गर्न प्रधानमन्त्रीलाई निवेदन

पोखरा । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पालाई मधेश विरुद्ध वोलेको भन्दै चार जिल्लाका एन्फा अध्यक्षहरुले प्रधानमन्त्री कार्यलयमा निवेदन दर्ता गराएका छन ।

केही दिन अघि एक अन्तरवार्ताका क्रममा नेपालको तराईमा राष्ट्रियताको भावनामा कमी भएकोले उनीहरुलाई राष्ट्रियताको भावना जगाउन फुटबलको प्रशिक्षण दिन थालिएको बताएका थिए । सोही विषय र एन्फामा बढ्दै गएको अनियमितता र शेर्पाको स्वेच्छारी बढेको भन्दै कार्वाही अघि बढाउन चार जिल्लाका फुटबल संघका अध्यक्षहरुले निवेदन दिएका हुन ।

काठमाडौ जिल्ला संघका अध्यक्ष विराट जङ शाही, भक्तपुर फुटबल संघका अध्यक्ष गौतम सुजखु, ललितपुर फुटबल संघका अध्यक्ष पुरषोत्तम थापा र धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दिपक खतिवडाले एक निवेदन प्रधानमन्त्री कार्यालयमा दर्ता गराएका छन ।

निवेदनमा एन्फा अध्यक्षको अभिव्यक्ती एन्फाको विधान विपरित मात्रै नभई मुलुकी संहिता ऐन २०७४ को विरुद्ध समेत रहेकोले कार्वाही गर्न माग गरिएको छ । निवेदनमा भनिएको छ–“एन्फा अध्यक्ष थापाले विभिन्न अनियमितता र त्रुटीपुर्ण काम गरेका छन, कानुन बमोजिम कार्वाही गरि नेपालको फुटबल संरक्षण गरि पाउँ ।”

यसै गरि सोही प्रकृतीको निवेदन युवा तथा खेलकुद मन्त्रालयमा समेत दर्ता गरिएको छ । ‘चेन्ज एन्फा’ को नारा दिएर अध्यक्ष बनेका शेर्पा पछिल्लो समयमा विवादित बन्दै गएका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button