पोखरामा दैनिक १ सय २० जनालाई नि:शुल्क खाना खुवाउदै धराने सेकुवाको टोली

पोखरा । विहानको ठिक ९ बज्दैछ । सबै हतारमा छन । कोही भात प्याकिङ गर्न त  कोही दाल अनि तरकारी प्याकिङ गर्न व्यस्त छन । स्वयंसेवीहरु प्याकेटमा भएको खाना गन्दै नाम लेख्दैछन ।

पोखरा १८ सेदी स्थित धराने सेकुवामा  सेफ सहित १० जना स्टाफहरु प्नि किचनमा खाना पकाउन र प्याकिङ गर्न व्यस्त छन । हतार हतार  सबै प्याकिङ गरेको खाना प्लाष्टिकको झोलामा राखियो । प्याकिङ गरेको खाना घर घरमा पुर्याउन ४ वटा गाडी बाहिर तम्तयार छन । “लौ लौ ढिलो भयो” त्यहाँ चन्द्र गुरुङले हतारमा भन्दै थिए ।

नेपालको विभिन्न कार्यक्रम र आहा रारा गोल्डकपका लागि साढे तिन महिना अघि कर्मथलो युकेबाट पोखरा आएका सहारा युकेका समेत सल्लाहाकार रहेका चन्द्र गुरुङ र युके फक्सटनका लोक बहादुर गुरुङ पनि तिनै स्वयंसेवी मध्येका हुन । उनीहरुले भोकाएकाहरुको पेट मात्रै होइन विभिन्न देश विदेश बाट प्राप्त सहयोगको परिचालन पनि गरिरहेका छन । अरु बेला धराने सेकुवा  समय विताउन र पुर्वेली खानाको स्वाद चाख्न जाने ठाउँ हो । तर यति बेला धराने सेकुवाको टोली लक डाउनले घरमा चुल्हो बाल्न नसकेकाहरुको लागि एक छाक खुवाउन ११ दिन देखि लगातार व्यस्त छ।

धराने सेकुवाको गेटमा १० बजे विहान बैशाखी टेकेर खाना कुर्दै गरेकी वर्ष ६५ कि मञ्जु जलारी पनि खाना पाउने आशमा कुरेकी छन । “हेर्नुस न बाबु दुई महिना भयो खुट्टा यस्तो भो, बुढा पनि विरामी छन, बुहारीलाई सञ्चो छैन, घरमा चुल्हो बलेन, अनि म यता खाना पाइन्छ सुनेर आँए ।” उनी जस्तै धेरै महिला र बाल बालिका खान लिन धराने सेकुवा बाहिर कुरेका छन ।

एघार दिन अघि ३७ जना बाट सुरु भएको खाना खुवाउने कार्यक्रम १ सय २० जना पुगेका छन । यो क्रम दिन दिनै बढ्दो छ । “भोली त १ सय ४५ जना पुग्छन होला” चन्द्रले भने–“हेरौ जति दिन सक्छौ खाना खुवाउँछौ ।” यति बेला घरमा चुल्हो बल्न नसकेकाहरु लाई एक छाक खाना खुवाउन पाउँदा आफुहरुलाई गर्व लागेको बताए । “कर्म थलो फर्कन कहिले पाइने हो थाहा छैन, जव सम्म यहाँ छौं यो सेवालाई निरन्तरता दिने प्रयासमा हामी छौ” उनले भने । गुरुङ सङ्गै वसन्त न्यौपाने, जुवु गुरुङ र विक्रम राई पनि स्वयेवी रुपमा खटिएका छन ।

पोखरा वडा नं १८ लाई लक्षित गरि शुरु गरिएको कार्यक्रम अहिले पोखराको वडा नं ६, ७, ८ र १८ सम्मका विभिन्न विपन्न परिवारका घरमा पुर्याइने गरिएको स्वयसेवी वसन्त न्यौपानेले बताए । विभिन्न देशबाट समेत यो खान खुवाउने अभियानका लागि सहयोग रकम समेत जुटिरहेको छ । त्यस मध्ये अमेरिकाका निर्मल श्रेष्ठ र जानुका लामिछाने, युकेका ठाकुर सिंह गुरुङ, मनमाया गुरुङ, शान्ता गुरुङ, हुमाश्री गुरुङ, अष्ट्रेलियाका विश्व वन्धु न्यौपाने, सुनिता गुरुङ इजरायल, खिमलाल गुरुङ बेल्जियम तथा पोखराका सुक बहादुर लिम्वुले सहयोग गरेका छन ।

कोभिड १९ का कारण भएको लकडाउन को ७० औं दिन जारी छ । लक डाउनका कारण सर्वसाधारणको दैनिकी प्रभावित भएको छ । श्रमगरेर हातमुख जोर्नेहरुको समस्या चुलिएपनि राज्यको पहुँच भने पुग्न सकेको छैन । स्थानिय वडाहरुले वितरण गरेको राहत सबैलाई पुग्न नसक्नु र पुगेको ठाउँमा पनि सकिएकोले जिवन झनै कष्टकर बन्दै गएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button