नेपालमा आज मात्रै थप २ सय २६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौ । नेपालमा सोमबार  थप २ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबार दिउसो थप २ सय २६ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १ हजार ७ सय ९८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये पुरुषको संख्या १ हजार ६ सय ६७ महिलाको संख्या १ सय ३१ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नवलपरासी बर्दघाट पुर्वका ३ जना, दैलेखका ३९  पुरुष तथा २ महिला, जुम्लाका १९ पुरुष, सल्यानका १० पुरुष, सुर्खेत २० पुरुष , रौतहटका  १७  पुरुष तथा १ महिला, कपिलबस्तुका  ४० पुरुष, बाँकेक २ पुरुष, दाङका ९ पुरुष, धनुषाका ७ पुरुष, महोत्तरीका २ पुरुष, सर्लाहीका १ बालिका, १ बालक तथा ३६ जना पुरुष, सिराहाका ५ पुरुष, उदयपुरका १ पुरुष, कैलालीमा ११ पुरुष तथा ३ महिला, बैतडीमा १ पुरुष, डोटीमा १ पुरुष र कंचनपुरका १ जना बालकमा कोरोना संक्रमण पुष्टि भएको  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देबकोटाले जानकारी दिए ।

उनीहरु सबैको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। हालसम्म नेपालका ५९ जिल्लामा कोरोना सक्रमण देखा परेको छ ।

नेपालमा भाइरसबाट संक्रमित भएका मध्ये २ सय २१ जना निको भएर घर फर्किसकेका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट  २ बर्षीया बालिकासहित ८ जनाको मृत्यु भइसकेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button