नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १८११

काठमाण्डौ । नेपालमा सोमबार साँझ थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यो सँगै नेपालमा संक्रमितको संख्या संख्या १ हजार ८ सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  सोमबार एकै दिन २ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार साँझ पाल्पा निस्दी गाउँपालिकाका २ जना, नवलपरासीको सरावल गाउँपालिकाका १ जना, गुल्मीको रेसुंगा नगरपालिकाका १ जना, कपिलवस्तुको मायादेवी गाउँपालिकाका ७ जना र रुपन्देहीको गैडहवाका २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले उल्लेख गरेका छन् । उनीहरु सबैको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।

सोमबार दिउसो  २ सय २६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको थियो । नेपालमा भाइरसबाट संक्रमित भएका मध्ये २ सय २१ जना निको भएर घर फर्किसकेका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट २ बर्षीया बालिकासहित ८ जनाको मृत्यु भइसकेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button