साग पदक विजेता खेलाडीलाई गण्डकी प्रदेश सरकारले सम्मान गर्ने

पोखरा । गण्डकी प्रदेशका १३ औं दक्षिण एशियाली खेलकुद (साग)का पदक विजेता खेलाडीलाई नगद सहित सम्मान गर्ने गण्डकी प्रदेश सरकारले निर्णय गरे सङ्गै त्यसको तयारी थालिएको छ ।

खेलकुदको माध्यम बाट देश र प्रदेशको शाख माथी उठाउन खेलाडीले गरेको अथक मेहनतका लागि प्रदेश सरकारले सम्मान गर्न लागेको हो । दुई दिन अघि मात्रै गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले आर्थिक वर्ष २०७७/०७८ को निति तथा कार्यक्रममा प्रस्तुत गर्दै प्रदेश सरकारले खेलाडीलाई सम्मान गर्न लागिएको बताएका थिए ।

प्रतियोगितामा गण्डकी प्रदेशबाट व्यक्तिगत तथा टिम इभेण्टको प्रतिस्पर्धामा सहभागी मध्ये २१ खेलमा विजेता ३७ जना खेलाडीलाई सम्मान गर्ने भएपछि उनीहरुको नामावली सामाजिक विकास मन्त्रालयमा वुझाइएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितीका लेखा प्रमुख डिवी नेपालीले बताए । खेलाडीलाई प्रोत्सहानका लागि कति रकम दिने टुङ्गो भने लागि नसकेको सामाजिक बिकास मन्त्रालयका उप सचिब तेज प्रसाद काफ्ले बताए ।

गण्डकी प्रदेशका खेलाडीहरु सहभागीता जनाएको विभिन्न प्रतियोगितामा व्यक्तिगत र टिम इभेण्टमा गरी ४ स्वर्ण, २३ रजत र १६ कास्य जित्न सफल भएका थिए । गण्डकी प्रदेशका नविन रसाईली कराँते (बाग्लुङ), पार्वती गुरुङ तेक्वान्दो (लमजुङ) र स्याङजाकी प्रशंसा क्षेत्रीले तेक्वान्दोमा स्वर्ण पदक जितेका थिए । फुटबलमा नवलपुरका सुमन अर्यालले स्वर्ण पदक जितेका थिए ।

यसै गरि साईक्लिङमा पोखराकी जमूना थापा र उषा खनालले रजत पदक जितेका थिए भने कराँतेमा तनहुँकी अनु गुरुङले रजत पदक, भलिबल तर्फ नेपाल महिला भलिबल टोलीकी कप्तान अरुण शाही, लन टेनिस तर्फ टेनिसकै इतिहासमा पहिलो पटक नविन पुन मगर र प्रदीप खड्काले कास्य पदक जितेका थिए । त्यसैगरी पुरुष तर्फको टिम इभेण्टमा नेपालले आर्चरी तर्फ पनि कास्य पदक जितेको थियो । ह्याण्डबल तर्फ समेत टिम इभेन्टमा कास्कीकी झिनुमाया थापा मगरले रजत पदक जितेकी थिइन ।

उसुमा विन्दु पुन (म्याग्दी, रजत), टेवल टेनिसका दिनेख खनिया (लम्जुङ, रजत), महिला भलिबलमा उषा भण्डारी (तनहुँ, रजत),सोफिया पुन (बाग्लुङ, रजत), हिरा केसी (पर्वत, रजत), कमला पुन (म्याग्दी, रजत), महिला बास्केटल एलिना गुरुङ (कास्की, रजत), रचना श्रेष्ठ (गोरखा, रजत), अनुषा मल्ल (तनहुँ, रजत), प्रिती तुलाचन (बाग्लुङ, रजत), पौडीकी दुवाना लामा (मनाङ, दुई रजत), महिला फुटबल तर्फ सावित्रा भण्डारी (लमजुङ, रजत), महिला ट्राइयाथोलन केशरी थापा मगर (तनहुँ, रजत), महिला खोखो धनमाया दर्लामी (बाग्लुङ, रजत), महिला महिला बक्सिङ संगीता सुनार (कास्की, रजत), फेन्सिङ सीता पाठक (स्याङजा, रजत), तेक्वान्दो निमा गुरुङ(मुस्ताङ, रजत) पदक जितेका थिए ।

त्यसैगरी कास्य पदक विजेताहरुमा कराँते राजकुमार रसाईली (बाग्लुङ), सोमबहादुर थापा ( गोरखा, एथलेटिक्स), योगेन्द्र शेरचन (आर्चरी, कास्की), प्रदीप खड्का (कास्की, टेनिस), नविन मगर (म्याग्दी, टेनिस), कृष्ण थापा (गोरखा, स्क्वास), अमृत थापा मगर (गोरखा, स्क्वास), शिवबहादुर बराम (गोरखा, जुडो), करण केसी (बाग्लुङ, क्रिकेट), तारादेवी पुन (म्याग्दी, भारोत्तोलन) मनकुमारी कुमाल (तनहुँ, भारोत्तोलन) रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button