पोखरामा भारतको तरकारी पनि भित्रिन सक्छः मेयर जिसी

पोखरा । पोखरा महानगरपलिका मेयर मान बहादुर जिसीले पोखरामा वाह्य जिल्लाबाट मात्रै नभई भारतबाट समेत तरकारी आयात हुन सक्ने बताएका छन ।

महानगरले  पोखरामा अन्य जिल्लाको तराकारी भित्रिन नदिन यस अघि गरेको  निर्णय फिर्ता लिएपछि पोखरा न्यूजसँग प्रतिक्रिया दिंदै मेयर जिसीले जनताले नै  विरोध गरेपछि निर्णय  फिर्ता लिएको बताउँदै अव पोखरामा भारतिय तरकारी समेत भित्रिन सक्ने तर्फ संकेत गरेका हुन ।

“कोरोना फैलिने आशंकाले पोखरामा अन्य जिल्लाको तरकारी आयातमा रोक लगाएका थियौ जनताले नै त्यसको विरोध गरेपछि निर्णय फिर्ता लिएका छौं”–मेयर जिसीले भने–“अव खुला गर्दा वाह्य जिल्लाबाट मात्रै होइन भारतबाट समेत तरकारी पोखरा आउन सक्छ ।”
खुल्ला सिमानाका कारण सिमावर्ती क्षेत्रबाट तरकारी नेपालमा भित्रिरहेको तर्फ इंगित गर्दै उक्त तरकारी अन्य जिल्ला हुँदै पोखरा सम्म भित्रिने आशंका मेयर जिसीले व्यक्त गरेका छन ।

“हामीले राम्रै सोचका कारण उक्त निर्णय गरेका थियौं, विविध कारणले निर्णयको विरोध भइ पछि किसानलाई सहज होस भनेर निर्णय फिर्ता लिएका छौं”मेयर जिसीले भने–“अव महानगरमा अन्य जिल्लाको तरकारी भित्रिन रोक छैन ।”

महानगरले  पोखरा भित्रने फलफुल तरकारीको सन्दर्भमा  छुट्टै मापदण्ड भने तय गरेको उल्लेख गर्दै मेयर जिसीले मापदण्डमा फलफूल तथा तरकारी भित्राउँदा अनिवार्य रुपमा चेकजाँच गर्नुपर्ने, खरिद दररेट मूल्य खुलेको सक्कल बिल भरपाइ अनिवार्य रुपमा पेस गर्नुपर्ने, महानगरको कुन स्थानमा झार्ने हो सो खुलाउनुपर्ने, तरकारी वा फलफूलको सवारीसाधनमा चालक र सहयोगी गरी मात्र २ जनाभन्दा बढी चढाउन नपाइने  जस्ता व्यवस्था रहेको बताए ।  मेयर जिसीले केहि व्यापारीहरुले चलाखी गरेर मापदण्ड पुरा गरेको  देखाउन सक्ने तर्फ सचेत हुनुपर्ने भन्दै भारतको तरकारी रोक्नलाई सिमावर्ती क्षेत्रमै कडाई गर्नुपर्ने बताए ।

जेठ ११ गते कोरोना संक्रमणको जोखिम कम गर्ने भन्दै महानगरले वाह्य जिल्लाको तरकारी आयातमा रोक लगाउने निर्णय गरेको थियो । उक्त निर्णयपछि पोखरा भित्रिएको तरकारीलाई महानगरका केहि  वडा अध्यक्ष कै  नेतृत्वमा  डोजरबाट खाल्डो खनेर स्वदेशको तरकारी  नष्ट गरिएपछि महानगरको व्यापक विरोध भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button