यस्तो छ गण्डकी प्रदेशका ५४ कोरोना संक्रमितको विवरण

पोखरा ।  थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै गण्डकी प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५४ पुगेको छ ।

गण्डकी प्रदेशमा  बिहीबार बिहान  बागलुङका १० जना, स्याङ्जाका १ जना, पर्बतका ४ जना र म्याग्दीका १  गरि एकै पटक १६ जनामा  कोरोना संक्रमण पुष्टि भएको थियो ।

गण्डकी प्रदेशका ११ जिल्ला मध्ये  बागलुङका १५ जना पुरुष तथा ३ महिला , स्याङ्जाका १२ जना पुरुष तथा १ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका ९ जना पुरुष तथा १ महिला, लमजुङका १ जना, म्याग्दीका २ जना पुरुष, तनहुँका १ जना पुरुष तथा पर्वतका ९ जना पुरुष गरि ७ जिल्लाका ५४ जनामा  संक्रमण पुष्टि भएको हो  । गण्डकी प्रदेशका ३  हजार ८ सय ५ जनामा पीसीआर परीक्षण गर्दा उक्त संक्रमितक देखिएका हुन् । गण्डकीमा स्वाब संकलन गरिएका मध्ये ६ सय ६ जनाको भने नतिजा आउन बाँकी रहेको छ ।

गण्डकी प्रदेशका पहिलोपटक गत चैत्र १५ गते बागलुङकी एक १९ बर्षीय युवतीमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसलगतै चैत्र २० गते बागलुङ कै  ६५ वर्षीय महिलामा संक्रमण देखिएको थियो । उनीहरु २ जनासँगै  लमजुङका १ बालक निको भई घर फर्किसकेका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार प्रदेशका ५१ जना अझै सम्बन्धित जिल्ला अस्पताल तथा नजिकको कोरोना अस्पतालको आइसोलेसन कक्षमा उपचार गराइरहेका छन् । स्याङ्जा की कोरोना संक्रमित १ महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बुलिङटारका १  पुरुषको भने चितवनको कोरोना अस्पतालमा उपचार भइरहेको निर्देशनालयले जानकारी दिएको छ ।

प्रदेशमा संक्रमित हुनेहरुको  उमेर,ठेगाना  र संक्रमण  पुष्टि  भएको  मिति सहितको विवरण:

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button