तनहुँमा थप २ जनामा कोरोना पुष्टि, गण्डकीमा संक्रमित ५६ पुगे

पोखरा । गण्डकी प्रदेशमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार बिहान प्रदेशको तनहुँ जिल्लाका थप २  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी जनाएको छ ।

तनहुँको  ऋषिङ गाउँपालिकाको क्वारेन्टिनमा रहेका ३९  र ४०  का २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले उल्लेख गरेका छन् ।

संक्रमितहरुलाई अहिले तनहुँ जिल्लाको सरकारी अस्पतालमा रहेको आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुगेको छ । प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या ७ रहेको छ ।

गण्डकी प्रदेशमा हालसम्म बागलुङमा १५ जना पुरुष तथा ३ महिला , स्याङ्जाका १२ जना पुरुष तथा १ महिला, नवलपरासी बर्दघाट सुस्ता पूर्वकका ९ जना पुरुष तथा १ महिला, लमजुङका १ जना, म्याग्दीका २ जना पुरुष र तनहुँका ३ जना पुरुष तथा पर्वतका ९ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये बागलुङका २ जना महिला तथा लमजुङका १ बालक निको भई घर फर्किसकेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button