डि-मर्चाको नयाँ गीत ‘नेताज्यू नमस्कार’ सार्वजनिक (भिडियोसहित)

पोखरा । डि-मर्चाको नयाँ गीत ‘नेता ज्यू नमस्कार’ शुक्रबार सार्वजनिक भएको छ । गीतमा ¥याप शैलीमा नेता प्रति असन्तुष्टि पोखिएको छ । नेताले भाषण गर्ने तर बोलेका कुरा कार्यान्वन नगर्ने कार्यप्रति असन्तुष्टि जनाउदै अब देश युवा पुस्ताको जिम्मामा छोड्नुपर्ने सन्देश गीतमा छ ।

‘युवा बिचार अनि नयाँ सोच अबको खाँचो हो, जुन सरकार आएपनि उस्तै कुरा दोहोरियो, अब युवालाई काम गर्ने अवसर दिनुपर्छ भन्ने कुरा गीतमा छ’ डि-मर्चा व्याण्डका मुख्य भोकलिष्ट भाष्करध्वज श्रेष्ठले भने ।

देशमा बलात्कारका घटना नरोकिएको, सिमा मिचिएको, युवाशक्ति विदेश पलायन भएको लगायतका विभिन्न समस्या देशमा भएपनि नेताको काम नगरी गफ मात्रै ठुला दिने प्रवृत्ति प्रति व्यंग्यात्मक प्रहार गरिएको छ । विभिन्न ‘आउटक्लिप्स’ले भिडियोलाई राम्रो बनाएको श्रेष्ठले बताए ।

प्रतिक अधिकारीको रचना रहेको गीतलाई डि–मर्चाले भोकल, संगीत र डिजाइन दिँदै आर्कषक बनाएको छ । द मुग्लान र हिमास एजुकेशनल कन्सल्टेन्सीको प्रस्तुतीमा रिलिज भएको भिडियोलाई एसटु प्रोडक्सनको सहकार्यमा निर्माण गरिएको हो । भिडियोलाई आर्कषक बनाउन सम्पादन तथा निर्देशनमा सुरज श्रेष्ठले निकै मेहनत गरेका छन् ।

गीतलाई एसटु प्रोडक्सनको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो । यस अगाडि डि– मर्चाको ‘कैलाशैमा’ गीत पनि एसटु प्रोडक्सन मार्फत नै सार्वजनिक गरिएको थियो । जसलाई दर्शकले निकै रुचाएका थिए ।

यसपालीको गीत र भिडियो दशर्कले मन पराउनेमा निर्माण टिम र डि-मर्चा व्याण्ड विश्वस्त छन् ।केहि समय अगाडि नै तयार भएको गीत अहिलेको देशको परिवेशसँग सुहाउने देखिएकोले यो समयनै उत्तम हुने सोचेर रिलिज गरिएको मुख्य भोकलिष्ट श्रेष्ठले बताए ।

केहि दिन अगाडी मात्रै डिमर्चाले ‘रोगले भन्दा भोकले मरिएला कि कसो साथी’ शीर्षक गीतको म्युजिक भिडियो सार्वजनिक गरेको थियो । जुन गीतलाई पनि दर्शकले मन पराएका छन् । अब छिट्टै नै अर्को नयाँ गीत समेत सार्वजनिक गर्ने तयारीमा डि मर्चा जुटेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button