सन्तोष कोन्मेको ‘बिन्ती’ सार्वजनिक (भिडियोसहित)

पोखरा । गायक सन्तोष कोन्मे एक दशकपछि ‘बिन्ती’ गीत पुनः सागीतिक फाँटमा फर्किएका छन् । लकडाउनको सदुपयोग गर्दै सांगीतिक क्षेत्रमा कमब्याक भएका हुन् । जुन गीत शुक्रबार सार्वजनिक भएको छ ।

कोन्मे इन्टरटेनमेन्टको प्रस्तुतीमा गीत सार्वजनिक गरिएको हो । गीतमा आवाज सहित रचना संगीत उनको नै हो । गीतलाई अमित गुरुङले एरेन्ज गरेका छन् । सम्पादन सिजन बज्राचार्यले र पोष्टर डिजाइन सविन गायकले गरेका हुन् ।

‘यतिबेला लकडाउनको सदुपयोग गर्दे यो गीत निकाले, अब अन्य गीत पनि रिलिजको तयारीमा छु’ कोन्मेले भने ।
हुनत २०५८ सालमा ‘यो मन’ बोलको गीत रेर्कड गरी नेपाली सांगीतिक फाँटमा डेब्यु गरेका गायक हुन् उनी । उनले २०६० मा ‘भ्यालेन्टाइन’ बोलको गीत रिलिज गरेका थिए ।

दूई गीतबाट प्राप्त सकारात्मक उर्जाले २०६७ सालमा पहिलो एल्बम ‘मृत्युपछि’ बजारमा निकाले । कोमल हात, सुटुक्क, जिवन जिउने, कहिलेकाही, मेरो मन, यो मन गरी छ गीत समावेश गरेको यस एल्बमबाट उनको लोकप्रियता झनै बढ्यो । त्यसपछि उनमा जोश थपियो पनि । लगत्तै दोस्रो एल्बमको तयारीम समेत जुटे ।

त्यतिबेलाको समयमा गीत चलेपनि एलबमबाट आम्दानी हुदैनथ्यो । उल्टै खर्च मात्र । त्यसैलै उनी गीतसंगीतमा भन्दा क्यामरा खेलाउन तिर आर्कषित हुँदै गए । त्यतै व्यस्तता बढ्यो । सांगीतिक यात्रालाई निरन्तरता दिएनन् । तयारी गरेको दोस्रो एलबम उनले निकोलेनन् । गीत संगीत तर्फबाट भन्दा छायांकन तथा सम्पादन तिरबाट राम्रो आम्दानी हुँदा उनी उतै रमाए । चलचित्र, वृत्तचित्र र म्युजिक भिडियोमा नै आफ्नो प्रतिभा देखाउन थाले । जुन अहिलेसम्म कायमै छ । तर उनको मनभित्र संगीत प्रतिको तृष्णा मेटिएको थिएन । सोही कारण अहिले उनको पुनरागमन भएको हो ।

कास्कीको बरालडाँडा जन्मिएका उनी हजुरबुबाको प्रेरणाबाट सांगीतिक क्षेत्र प्रति आर्कषित बनेका हुन् । उनका हजुरबुबा आशबहादुर गुरुङले रमाइलोको लागि गीत गाउने गर्थे । उनलाई पनि गीत गाउन लगाउथे । उनले गरेको प्रयासमा साथमा हौसला उत्पेरणा थपीदिन्थे । पारिवारीक वातावरण समेत संगीतमय बनेकोले गर्दा उनी सांगीतिक क्षेत्रमा आर्कषित भएका थिए ।

उनले दुई दर्जन जती गीत कप्पोज समेत गर्न भ्याएका छन् । जोजीजु म्युजिक सेन्टर पोखरा तथा विभिन्न संगीतविज्ञहरु सँग संगीत सिकेका उनी सधै आफ्नै क्रियसनमा डुब्न चाहन्छन् । अब अन्य काम सँगै साँगीतिक क्षेत्रलाई समेत अगाडि लाने उनले बताएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button