पोखराबाट ३ दिन अघि काठमाण्डौ लगिएका व्यक्तिमा कोरोना पुष्टि

पोखरा । पोखराबाट तीन दिन अघि  उपचारका लागि काठमाण्डौ लगिएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाण्डौको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत उनमा शुक्रबार कोरोना संक्रमण देखिएको हो । पोखरामा बस्दै आएका उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको उनका एक आफन्तले पोखरा न्यूजलाई जानकारी दिए ।

तीन दिन अघि अकस्मात बिरामी भएका उनलाई पोखराको एक निजि अस्पतालमा उपचार पश्चात थप उपचारका लागि काठमाण्डौ लगिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबारको नियमित अपडेटका क्रममा काठमाण्डौको एक निजी अस्पतालमा उपचाररत कास्कीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका थिए ।

उनमा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालयले  अहिले उनको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गर्न शुरु गरिसकेको छ ।

उनी पोखरा -८ आलुमाइला चोकमा डेरामा बस्दै आएका व्यक्ति हुन् ।

यो पनि पढ्नुहोस् : पोखराका व्यक्तिमा कोरोना पुष्टि सँगै कन्ट्याक्ट ट्रेसिङ शुरु, ५५ जना सम्पर्कमा

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button