पोखराको मणिपाल अस्पतालमा उपचाररत पुरुषमा कोरोना पुष्टि

पोखरा । पोखराको मणिपाल अस्पतालमा उपचाररत  एक पुरुषमा कोरोना पुष्टि भएको छ ।

अस्पतालमा उपचाररत पर्वतको कुश्मा नगरपालिकाका ३५ बर्षीय पुरुषमा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

उनि अस्पतालमा उपचारको लागि आएको बेला भाइरसको शंका लागेपछि स्वाब संकलन गरेर परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएको निर्देशक शर्माले बताए । संक्रमित व्यक्ति  अस्पतालमा रहे नरहेको बारे एकिन गरिने र सम्पर्कमा ल्याइ आइसोलेसनमा राखिने उनले बताए  ।

शुक्रबार  गण्डकी प्रदेशका ४ जिल्लाका   ३ देखि ६६ वर्ष उमेर समुहका ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको  निर्देशनालय गण्डकीले जनाएको छ । शुक्रबार पर्बतका १३ जना पुरुष, स्याङ्जाका २२ जना पुरुष , तनहुँका १ जना पुरुष र नवलपुरका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरुलाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसन कक्षमा लैजाने तयारी भएको निर्देशक शर्माले उल्लेख गरेका छन् ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ८८ पुगेको छ ।

गण्डकी प्रदेशका ४ जिल्लाका थप ३७ जनामा कोरोना पुष्टि

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button