खेलो फड्कोले डुवेका वावुराम

नेपाली ग्रामिण भेगमा एउटा उखान निकै प्रचलित छ त्यो पनि समाजमा अलि हुने खाने र चल्ता पुर्जा सहित रवाफ देखाउने व्यक्तिका लागि । “जसले गर्छ खेलो फड्को उसले खान्छ चिउरा ।” कुरा त्यस्तै सात आठ वर्ष पहिला एउटा गाँउमा आफुलाई अरु भन्दा फरक देखाउने र टाठोवाठो देखाउनेले जग्गाको कारोवार गरेछ । कहिले जग्गासँग गाडी साट्यो, कहिले गाडीसँग किराना पसल साट्यो कहिले पसलसँग घर यसरी नै उसको पेशा चलेको थियो यहि विचमा उसले छोरालाई विदेश पठायो, छोरीको विवाह ग¥यो तारे होटलमा लगेर । साटफर र खेलो फड्कोको काम चालुनै राख्यो ।

समाजमा कुनै पनि कार्यक्रमको प्रमुख अथिती देखी सवै भन्दा ठुलो चन्दा दाता पनि उहि वन्यो । वैकको ऋण पनि वढ्दै गएछ व्याजको स्याज वढ्दै गयो । कामलाई निरन्तरता पनि दिदै गयो । साटफेरको क्रममै उसले आफुँ वसेको घर पनि छोड्यो काम निरन्तर अगाडी वढ्यो एक पटक उ सँग एउटा खुकुरी वाहेक केहि वचेन अनि उसले एउटा किराना पसलमा गएर त्यो खुकुरी पनि पाँच किलो चिउरासित साटेछ । काम गर्ने क्रममा निकै भोक लागेर ठुलो प्लटिङ्गको विचमा रहेको हेवान ढङु्गा माथी वसेर त्यहि चिउरा खादै भनेछ–“जसले गर्छ खेलो फड्को उसले खान्छ चिउरा ।” यो उखानसँगै यसले चिउरा सकेछ र वेघरी भएर पागल भएछ ।

चिउरा खाने हो त वावुराम जी ?
अहिले कुनै वेलाका नेपाली राजनीनिका केन्द्र वावुराम भट्टराईको हातमा पनि त्यहि चिउरा छ । अव उनले त्यो चिउरा खाएर भोक मेटाउँन् कि त्यसलाई पनि अर्को कुनै दलसँग वा त्यहि दलसँग साटफेर गर्छन त्यो भने हेर्न वाँकी नै छ । त्यसोत निकै किनारामा रहेर पनि केन्द्र सम्म छाल फ्याक्न सक्ने खुवी उनिमा छ । उनि आफैमा अतुलनिय व्राण्ड हुन् । तर पनि समय परिवेश समाज र व्यक्तीगत क्षमता सँधै एकनास रहदैन । सायद वावुराम भट्टराईले यो कुरा वुझेनन् ।

२०२६ साल ताका उनमा जुन क्षमता थियो अहिले पक्कै पनि उनमा त्यो क्षमता छैन । तर पनि उनि घमण्ड गर्न छोड्दैनन आफ्नो क्षमतामा । त्यति वेला नेपालीमा ८१ नम्मर ल्याएका थिए, जुन त्यति वेला वोर्ड फस्ट हुनेहरुको मुस्किलले ७१ नम्मर आउथ्यो । पढ्ने विषयमा अहिले सम्म पनि उनलाई कसैले जित्न नसक्ला । त्यति वेलाको नेपालीमा यस्तो धेरै नम्मर ल्याएर पनि उनले अहिलेको नेपाली समाज वुुझेनन् । त्यसैले उनले चार वल्ड्याङ्ग खाए । उनले यो कुरा नस्विकार्लान तर पनि वास्तविकता नै हो ।

नेपाली विषयमा ईतिहास रचेको मान्छेले नेपाली जनजिवन किन नवुझेका होलान् ?
वोर्ड फस्ट हुँदा पाएको एक सय रुपैयाँको छात्रवृत्तिको महत्व वुुझे महत्वकाक्षी वनेन् त्यसैले उनी कहिल्यै दोश्रो वनेन् । फलस्वरुप उनि अर्थमन्त्रीको रुपमा राम्रो काम गर्ने पहिलो अर्थ मन्त्री मात्रै वनेन् नेपाली व्राण्डको सस्तो सवारी चढ्ने पहिलो प्रधानमन्त्री पनि वने । सवैलाई लागेको थियो वावुराम भट्टराई यो देशको लागि चाहिने र नेपाली माटो वुुझेको एक मात्रै महान नेता हुने क्षमता राख्छन् तर त्यो सव तासको घर जस्तो वन्यो मेरो लागि ।

भारतको पञ्जाव विश्वविद्यालय र जवाहरलाल विश्वविद्यालयका पुस्तकालय पढेर रित्याएका बाबुरामले आफ्नो अध्ययनलाई पुस्तकमा मात्रै सिमित राखेनन् । उनले कतिपय कितावी नायकहरुको तुलना आफुमा गरे र त्यस्तै वन्ने प्रयास पनि गरे । फलस्वरुप त्यहा रहेका नेपाली मजदुर र कुल्लीको नाममा कुल्ली आन्दोल नै चलाए र आफु नायक हुने सपना वुने केहि सकारात्मक काम त गरे तर उनलैले पढेको कितावी नायक जस्तै हाई हाई हुन सकेनन् ।

राजनीतिक चेत भनेको गलतको विरोध मात्रै त होईन होला नी ?
त्यसो त वावुरामको राजतीनिक चेत राजतन्त्र विरोधी मात्रै हो तर पछि अध्यनका क्रममा चे र माक्सलाई पढेपछि उनलाई त्यस्तै वन्न मन लागेको हो जसरी मलाई अमिरखानको फिल्म हेरीरहदा अमिरखान जस्तै वन्न मन लाग्छ र त्यस्तै नक्कल पनि गरिहाल्छु ठाँउ पाएको स्थानमा । त्यसैको नतिजा हो नेपाली माओवादी शसस्त्र आन्दोलन । संयुक्त जनमोर्चाको नामवाट उनै भट्टराईले शेरवहादुर देउवा नेतृत्व सरकारलाई ४० वुँदे माग राख्दै भुमिगत भए प्रचण्ड र वैद्यसँगै ।

भुमिगत राजनीतिमा पनि उनि कहिल्यै गुमनाम भएनन् उनकै नामवाट जनयुद्धले सफलता पायो भलै रणनीतिक रुपमा त्यसको नेतृत्व प्रचण्ड र वैद्यले गरेका थिए । स्वतन्त्र वामपन्थी सर्वसाधार सहरीया र युवा वर्गको आशाको केन्द्र थिए वावुराम जसको वलमा माओवादी आन्दोलन सफल भएको हो । वावुरामकै नाममा माओवादीलाई अन्तराष्ट्रिय समर्थन जुटेको अहिलेको घाम झैं छर्लङ्ग छ ।

वोर्ड फस्ट हुनु र प्रधानमन्त्री हुन फरक कुरा होईनन् र ?
कल्पना गर्न समेत गाह्रो हुने गरी एकाएक विद्राहीको रुपमा रहेका तत्कालिन माओवादीहरु नेपाली मुलधारको राजनीतिमा आए । न त माओवादीकोे ऐजेण्डा हो न त माओवादीमा गोलीको तातोले पोलीएर अशक्त वनेकाहरुको चाहना हो । तर पनि वावुराम र प्रचण्ड प्रधानमन्त्रीको सुकिलो टाई सुटमा टल्किए ।

वावुरामलाई कहिल्यै नलागोस् उनि राजनीतिक व्यक्तित्वको रुपमा स्थापित भएको त्यो उनको आफ्नै बुता र कागजी डक्टरीले मात्र हैन । उनको व्यक्तित्व रगतको भलले वनेको पहाड हो । उनको यो व्यक्तित्व निर्माणको लागि १३ हजार नेपालीले बलिदान गरेका छन् । कार्यकर्ताले अझै शरीरमा गोलीको छर्रा बोकेर पीडा सहेर हिंडिरहेका छन् । धेरै नेपाली जनताले चन्दा दिएका छन् । दुःख झेलेका छन् । रगत र पसिना बगाएका छन् । तर पटक पटक अल्टर वुद्धिमा लहडिएर हिड्दा त्यहि रगतको भेलले वहाउदै समुन्द्रमा मिसाउला ।

पढ्दा होस् वा भुमिगत जिवन वा प्रधानमन्त्री काल नै किन नहोसु सँधै जनतामाझ रहन रुचाउने वावुराम जनतासंग संधै सम्पर्कमा रहे । बाबुराम भूमिगत भए पनि कहिल्यै रहस्यमय पात्र बनेनन् । कहिले दाह्री पालेका, कहिले चे टोपी लगाएका त कहिले फैजी पोशाकका बाबुराम संधै जनताको सम्पर्कमै रहे । भूमिगत होस वा खुल्ला उनको जस्तो सादगी र पारदर्शी जीवन सम्भवतः हालसम्मका राष्ट्रिय राजनीतिमा चर्चित नेताहरु कसैका छैन । तर पनि वेला वेलामा उनिमा चढ्ने उन्माद र मपाईवादलाई उनले कहिल्यै जित्न सकेनन् ।

पहिलो हुनु मात्रै सफलता हो र ?
सँधै पहिलो हुनु पर्ने नत्र विरोध मात्रै गर्नु पर्छ भन्ने वैचारिक सोच भएका भट्टराई माओवादी भित्रै पनि वेला वेलामा विरोध गरिरहदा युद्धकालमा भट्टराईमाथि पटक–पटक पार्टीले कारवाही पनि ग¥यो । यतिसम्मकी २०६१ सालमा आफ्नै पार्टीद्वारा कारवाही स्वरुप रोल्पामा भट्टराईलाई नजरबन्दमा राखियो । त्यति वेला उनलाई पार्टी भित्रै मार्ने सम्मको योजना वनेको वेला भारतीय दवाव र नेत्रविक्रम चन्दलगायका केही नेताका कारण उनको ज्यान बचेको थियो । त्यसपछिको चुनवाङ बैठकमा धाराप्रवाह आँसु खसालेर रुँदै बाबुरामले आफू प्रचण्डमा विलय भएको घोषणा समेत गरे ।

तर उनको स्भावले गर्दा उनि संविधान सार्वजनिक गरेको एक हप्ता पनि नवित्दै २०७२ साल असौजको दोश्रो हप्ता एकाएक पार्टी छोडेको घोषणा गरे । त्यस पछि उनि अध्यक्ष वनेर नयाशक्ति पार्टी नेपाल गठन गरे । पार्टीको त अध्यक्ष वने तर जनताको मनमा एक नम्मर वनेर वस्न सकेनन् जुन प्रतिनिधी सभा र प्रदेश सभा र स्थानिय निकायको निर्वाचनले पनि देखाईदियो । त्यसको रापले पोलिदै भौतारिएका भट्टराई अन्ततः क्षेत्रिय पार्टीमा गएर विलय भए । क्षेत्रिय पार्टीको आरोप लगाईरहदा तिम्रा संगठन प्रत्येक स्थानिय निकायमा छन् र ?  राजनीतिमा भ्रष्टीकरण भयो भन्दै वैकल्पिीक राजनीतिक शक्तिको गठन गर्न माओवादी छोडेका वावुराम अहिले जसरी मिलेका छन् के सवै दुधले नुहाएका पवित्र पण्डितहरुको जमातमा अर्का पण्डित मिलेका हुन् त ?

खै कहाँ गयो जनसंवादको निश्कर्ष ?
२०७५ साल माघको १५ गतेवाट एक महिने जन संवाद यात्रामा पुवै देखी पश्चिम सम्मको यात्राको निश्कर्षमा उनले भनेका थिए–“हाम्रो  राजनीति लामो संघर्षको कालखण्ड पार गरेर यहाँसम्म त आयो तर, नेतृत्व जनताबाट कटेको देखियो । धेरै ठाउँमा बृद्ध व्यक्तिहरुले भन्नुभयो, ‘यहाँ ०१४–०१५ सालमा महेन्द्र आएका थिए । त्यसबाहेक अहिलेसम्म अरु कोही आएनन् ।’ प्रधानमन्त्री, पुर्वप्रधानमन्त्री त के मन्त्री पनि हामीकहाँ आएका थिएनन् भन्ने धेरै ठाउँमा सुनियो । यसले के देखाउँछ भने औपचारिक रुपमा हाम्रो लोकतन्त्र बन्यो तर व्यवहारमा जनतासँग जोडिएको छैन ।” उनको निश्कर्षलाई व्यहारमा देखाउने वेलामा विचलित भएर क्षेत्रिय पार्टीमा समाहित हुँदा के उनको जनसंवादको अर्थ रहन्छ त ? राजनीतिक आँखाले पहाड र हिमालसमेत नदेखेका मधेशी नेताहरुको सहकार्यवाट वावुरामले साच्चिकै जन–जनको मनमा वस्ने गरी स्थान वनाउलान् त ? अनि असल राजनीतिक संस्कारको विकास गर्लान् त ?

वावु खराव भए भन्दैमा छोरो भाग्न मिल्छ र ?
यसो भनिरहदा दलका सवै नेतृत्व वसेर गरेको सामुहिक निर्णय एका एक काठमाण्डौका जाममा फसेको सवारी चालकको मुड जस्तै गरी निर्णय नै परिवर्तन हुनु वावुरामको लागि किमार्थ जायज होईन । पहिलो दर्जाको नेतृत्ववाट एकएक चौथो वरियतामा पर्नु कहिल्यै दोश्रो हुन नचाहने वावुरामको अगाडी सैह्य कुरा होईन । आशा छ यो लेख प्रकाशित नहुदा सम्म वावुरामको मनस्थितीले अर्को निर्णय नलिए हुने थियो ।

वावु खराव प¥यो भनेर घर छोडेर हिड्नु भन्दा वावुको खराव वानी सुधार्ने कितावी ज्ञानको अभावै हो वावुराममा । नत्र भने प्रत्येक पटकको आन्तरिक असहजतामा निस्कने धुर्की पक्कै पनि लगाउँदैनथे होलान् । सायद वावुरामको राजनीतिक यात्रा यो अन्तिम पनि हुन सक्छ त्यसेले निस्केर भाग्नु भन्दा पनि पार्टी सुधार्नेतिर ध्यान दिदा राम्रो हुन्छ । नत्र भने राजनीतिमा वावुराम पुर्णविराम हुन सक्नुहुने छ । त्यस पछि काठमाण्डौ वा पोखरामा चार कोठाको फ्ल्याट भाडामा लिएर नक्साङ्कनको काममा लाग्नु पर्ने पनि हुन सक्ला । सायद यो नै तपाईको लागि उत्तम हो कि विचार गर्नुहोस् डक्टरसाप । आउनुहोस् गण्डकी प्रदेशलाई व्यवस्थित प्रदेश वन्ने नक्सा कोर्नुहोस् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button