जव पोखरा रंगशालामा देखियो यस्तो दृश्य

पोखरा । पोखरा रंगशाला यति बेला सुनसान छ । कोभिड १९ को सक्रमणको त्रास संगै करिव तिन महिना यता कुनै खेल गतिविधि भएका छैनन । भएको छ त केवल निर्माण कार्य । त्यही पनि सिमित गतिमा ।

यो दृश्यमा देखिएको रंगशालाको भिड भने राहत लिन बसेको भिड हो । बेलायतको प्रभावशाली संस्था तमु धीं युकेले करिव ३ सय ५० जना विपन्न वर्गका लागि राहत प्रदान गर्नेभएपछि राहत लिन रंगशाला छिरेका थिए ।

पोखराको चर्को घाम संगै मुख्य फुटबल मैदानमा लस्करै बसेका विपन्नहरुले राहत पाएर दङ्ग थिए । चावल, दाल संगै अन्य सामाग्री । राहत लिनेमा अपाङ्ग, वृद्ध–वृद्धा, महिलाहरु थिए । कोभिड १९ को जोखिम वढीरहैकै बेला तमु धी युकेले आफ्ना सदस्यहरुबाट सहयोग रकम जुटाएर यो सहयोग गरेको थियो । जसका लागि ३ लाख ५० हजार खाद्यान्न सहयोग थियो ।

तमु धीं युकेका लागि पोखरामा संयोजकको भुमिका खेलिरहेका मेजर लक्ष्मी प्रसाद गौतमले यसरी सहयोग गर्न पाउँदा निकै खुसी लागेको बताए । गण्डकी प्रदेशका सांसद मान प्रसाद गुरुङ, मिन बहादुर गुरुङ, र मिना गुरुङ सहित राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ लगाएत उपस्थित थिए ।

सो अवसरमा बोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले तमु धीं युकेको सहयोगको खुलेर प्रंशसा गरे । उनले भने–“संस्थाका अध्यक्ष नन्द जङ्ग गुरुङ तथा तमु धीं परिवारले यो संकटको घडीमा सबैलाई मल्हम लगाउने काम गरेको छ, यसको जति प्रशंसा गरेपनि कम हुन्छ ।” हरेक कार्यक्रममा फ्रन्टलाइनमा बसेर भुमिका निर्वाह गर्ने पत्रकारहरुलाई गरेको सहयोग संगै प्रदेश र स्वास्थ्य संस्थालाई गरेको सहयोगका उनले आभार प्रकट गरे ।

पोखराको रंगशालालाई पर्खाल लगाएर शुरक्षित बनाउन तमु धीं युकेको महत्वपुर्ण भुमिकालाई कहिल्यै पनि विर्सन नसकिने गुनका रुपमा व्यख्या गर्दै फागुनमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदलाई सफल बनाउन सबैको सहयोगका लागि उनले आह्वान समेत गरे ।

तमु धीं एसोसियसन युकेले गण्डकी प्रदेशका लागि विभिन्न पाँच शिर्षक अन्तरगत नगद १३ लाख ६० हजार सहयोग गरेको थियो । जस अन्तरगत गण्डकी प्रदेशको कोभिड १९ राहत कोषमा ५ लाख, विपन्न परिवारलाई खाद्यान्न सहयोगका लागि ३ लाख ५० हजार, पत्रकारहरुको कोभिड १९ विमाका लागि १ लाख ८० हजार, पश्चिामाञ्चल क्षेत्रिय अस्पतालमा पिपिई र मास्कका लागि २ लाख ६० हजार र तमु कलाकार संघलाई १ लाख रहेको थियो ।

पोखरामा उक्त सहयोग रकम वितरणको संयोजन तमु धींका पुर्व अध्यक्ष द्वय मुछेत्र गुरुङ र मेजर डम्मर घले, संस्थाका पोखरा प्रतिनिधी मेजर लक्ष्मी प्रसाद गुरुङले गरेका थिए । करिव २० वर्ष अघि स्थापना भएको तमु धीं युकेले नेपालको भुकम्प पिडित हरुलाई सहयोग संगै शिक्षा तथा खेलकुदको उन्नयनका लागि सहयोग गर्दै आइरहेको छ । तमु धीं युके युकेमा आयोजना हुने गोर्खा कप र नेपाली मेलाको समेत आयोजक हो । यि कार्यक्रमहरु युकेमा निकै चर्चामा रहने गर्छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button