नेपालमा कोरोनाबाट थप १ जनाको मृत्यु, ४ सय २५ संक्रमित थपिए

काठमाण्डौ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक  जनाको मृत्यु भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक  कोरोना संक्रमितको मृत्यु भएको छ ।

गुल्मीका ३६  वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा.जागेस्वर प्रसाद गौतमले जानकारी दिए । जेठ १२ कोरोना पुष्टि भएका  उनको तम्घासको आइसोलेसनमा उपचारकै क्रममा जेठ  ३१ गते मृत्यु भएको प्रवक्ता गौतमले बताए  । उनी क्यान्सरको विरामी समेत रहेको गौतमले जनाए ।

यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

नेपालमा आइतबार थप ४ सय २५  जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबार दिउसो थप ४ सय २५ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ५ हजार ७ सय ६० जना पुगेको प्रवक्ता गौतमले जानकारी दिए । नेपालमा ७३ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा संक्रमित मध्ये ९ सय ७४  जना निको भएर घर फर्किसकेका छन् । नेपालमा  पछिल्लो २४ घन्टामा ६१ जनाले स्वास्थ्य लाभ गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button